arrow

श्रीलंकामा भएको आतङ्ककारी आक्रमणमा ४२ विदेशी मारिएको पुष्टि

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
shrilanka-attack1.jpg

श्रीलंका । श्रीलंकामा गत अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमााएका २५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेका अधिकारीहरुले मङ्गलबार पुष्टि गरेका छन् ।
 
 अझै पनि १२ विदेशी नागारिक वेपत्ता रहेका  विदेशी मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । तीन ओटा चर्च र तीन ओटा होटलमा भएका यस आत्मघाती आक्रमणमा परेर घाइते भएका पाँच जना विदेशी नागरिक अझै पनि उचारार्थ अस्पतालमा भर्ना भएका बताइएको छ ।

 श्रीलंकाको विदेश मन्त्रलयद्धारा जारी विज्ञप्तिका अनुसार यस आक्रमणहरुका मारिएका  सब भन्दा विदेशी नागरिक भारतका रहेका छन् । भारतका १२ जना नागरिक रहेका छन् । त्यसपछि क्रमशः बेलायतका छ जना, चीनका चार जना र डेनमार्कको तीन जना रहेका छन् ।

त्यसगरी साउदी अरेबिया, स्पेन र टर्कीका दुई दुई जनाले सो आक्रमणमा ज्यान गुमाए भने बङ्गलादेश, जापान, नेदरल्याण्ड, पोर्चुगल स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका एक एक नागरिकले सो आक्रमणमा परी ज्यान गुमाएका छन् ।

 यसअघि प्राप्त समाचारमा श्रीलंकामा भएको यस आक्रमणमा परी ४० विदेश नागरिक मारिएका उल्लेख गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ