arrow

यी खेलाडी घर जाँदा शून्य बन्दैछ आईपीएल

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
cricket1.jpg

काठमाडौं । विदेशी खेलाडी आफ्नो घर फर्किएसँगै आईपीएलको रौनक कम हुने भएको छ । एक महीनापछि हुने क्रिकेट विश्वकपको तयारीका लागि प्रमुख विदेशी खेलाडी अहिले आफ्नो घर फर्किरहेका छन् । प्लेअफभन्दा ठीक पहिला यी खेलाडी आफ्नो घर फर्किएसँगै आईपीएलको घट्नसक्ने देखिएको हो ।

आईपीएललाई बीचमा नै छाडेर आफ्नो घर फर्किने खेलाडीमा चेन्नईका फाफ डू प्लेसिस र इमरान ताहिर आफ्नो मुलुक फर्किँदैछन् । दक्षिण अफ्रिकाको विश्वकप तयारीका लागि उनीहरु आफ्नो मुलुक फर्किन लागेका हुन् । त्यसैगरी दिल्लीका कागिसो रबाडा पनि दक्षिण अफ्रिका फर्किँदैछन् ।
 
मुम्बईका जोसन बहरेनडार्फ र क्विन्टन डि कक पनि आईपीएललाई बीचमा छाडेर आफ्नो टोलीमा फर्किँदैछन् । बेहरेनडार्फ अष्ट्रेलियाका बलर हुन् भने डि कक दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान हुन् ।

हैदरवादबाट डेभिड वार्नर, जोनी बेयरस्टो, शाकिब अल हसन आफ्नो देश फर्किँदैछन् । वार्नर अष्ट्रेलियाका ब्याट्सम्यान हुन् भने बेयरस्टो इंगल्याण्डको टोलीबाट खेल्दै आएका छन् । शाकिब अल हसन बंगलादेशको टोलीमा फर्किँदैछन् ।

पञ्जाबका डेभिड मिलर दक्षिण अफ्रिकाको टोलीमा फर्किनेछन् भने वेस्ट इन्डिज टोलीको विश्वकप तयारीका लागि क्रिस गेल पनि फर्किनेछन् । कोलकताको टोलीबाट इंगल्याण्डका जो डेनली पनि स्वदेश फर्किनेछन् ।

बेंग्लोरको टोलीका डेल स्टेन, मोइल अली र मार्कस स्टोइनिस आफ्नो घर फर्किँदैछन् । डेल स्टेन दक्षिण अफ्रिकाको विश्वकपको तयारीका लागि टोलीमा फर्किनेछन् । मोइल अली विश्वकप आयोजक इंगल्याण्डको टोलीमा छन् । अष्ट्रेलियाका मार्कस स्टोइनिस पनि टोलीमा फर्किनेछन् ।

त्यस्तै राजस्थानका जोस बटलर, स्टीभ स्मिथ, बेन स्टोक्स र जोफ्रा आर्चर पनि स्वदेश फर्किँदैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ