arrow

फ्लाई दुवई ९८१ विमान रसियामा दुर्घटना, ६२ जनाको मृत्यु (भिडियो)

logo
प्रकाशित २०७२ चैत ६ शनिबार
Fly-Dubai_508523823.jpg.jpeg
काठमाडौं। दुबईबाट रसियाका लागि उडेको विमान फ्लाई दुवईको एफ जेट ९८१ रुसको रोस्तोव अन डन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ।
 
विमान स्थलमा भिजिविलिटी कम भएपछि अवतरणका क्रममा विमानस्थल नजिकै दुर्घटना भएको अन्तराष्ट्रिय एजेन्सीले जनाएको छ। ५५ यात्रुसहित र ७ क्रु मेम्बरसहित ६२ जनाको दुर्घटनामा मृत्यु भएको छ।  
 
विमान अवतरणका क्रममा रनवे परिसरमा आगो बलेको बताईएको छ । आगो बलेलगत्तै झन्डै सय भन्दा बढी उद्दार कर्मी पुगेर आगो निभाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ