arrow

पाँच ओभरको खेलमा बैंगलोरले बनायो ७ विकेटको नोक्सानीमा ६२ रन 

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
kohli2.jpg

काठमाडौं । आइपीएल टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्स विरुद्धको ५ ओभरको खेलमा ७ विकेटको नोक्सानीमा ६२ रन बनाएको छ ।

पहिलो ओभरमा २३ रनको साझेदारी गरे पनि दोस्रो ओभर भने खराव खेलेको बैंगलोरले लगातार तीन विकेट गुमाएको थियो । 

राजस्थान रोयल्सका श्रेयस गोपालले ह्याट्रिक गरे । गोपालले कप्तान विराट कोहली, एबीडी भिलियर्स र मार्कस स्टोइनिसलाई आउट गर्दै ह्याट्रिक गरेका थिए । 

ओसाने थोमसले २ तथा रियान पराग र जयदेव उनादकटले १–१ विकेट लिए । 

कोहलीले ७ बलमा २५ तथा भिलियर्सले १० रन बनाए बाहेक कसैले पनि दोहोरो अंक जोड्न सकेनन् । 

बर्षाका कारण खेल ५ ओभरमा झारिएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ