arrow

बंग्लादेशका कप्तान भन्छन – ‘विश्वकपमा असम्भव केही पनि छैन’

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
bangladesh-2.jpg.jpeg

काठमाडौं । यो महीनाको अन्तिममा विश्वकप क्रिकेट शुरु हुँदैछ । इंगल्ल्याण्ड र वेल्समा हुने यो विश्वकपको लागि सबै मुलुकले आफ्नो टोलीको घोषणा गरिसकेका छन् । त्यसका साथै उक्त प्रतियोगिताको लागि त्यसैअनुसारको तयारी पनि तयारी शुरु भइसकेको छ ।

यसैबीच बंगलादेशले यो विश्वकपको लागि आफ्नो टोलीको घोषणा गरिसकेको छ । यसपटकको विश्वकप बंगलादेशको लागि निकै महत्वपूर्ण हुनेछ । पछिल्लो केही समययता बंगलादेशको क्रिकेटमा निकै सुधारिएको प्रदर्शन गर्दै आएको छ । विशेषगरी एक दिवसीय क्रिकेटमा उसले महत्वपूर्ण सफलता पाएको छ । यस्तोमा उसले यो विश्वकपमा महत्वपूर्ण प्रदर्शन गर्नसक्ने अपेक्षा छ ।

पुस्ता परिवर्तनको घडी

बंगलादेशको लागि यो विश्वकप पुस्ता परिवर्तनको महत्वपूर्ण क्षण हो । यो विश्वकप खेल्ने धेरै खेलाडीले विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनेछन् । जसकोे कारण विश्वकपपछि बंगलादेशको क्रिकेटमा नयाँ युगको शुरुवात हुनेछ । बंगलादेशका कप्तान मोसरफे मोर्ताजाले यो विश्वकप आफ्नो लागि अन्तिम हुने बताइसकेका छन् ।

त्यसका साथै टोलीका महत्वपूर्ण खेलाडीहरु मुस्फिकर रहिम, साबिक अल हसन, महमुदुल्लाह र तामिम इक्वालका लागि यो विश्वकप अन्तिम विश्वकप हुनसक्ने देखिएको छ । यसले यो टोलीका सबै खेलाडीमा आफ्नो अन्तिम विश्वकपमा राम्रो प्रदर्शनको दबाब हुनेछ ।

‘कुनै विशेष तयारी छैन’

बंगलादेशको टोलीका कप्तान मोर्ताजाले यो विश्वकप अविस्मरणीय बनाउनका लागि कुनै विशेष तयारी नरहेको बताएका छन् । उनले आफूहरुका लागि यो निकै महत्वपूर्ण रहेको बताएका छन् । उनले त्यसका लागि आफ्नो प्रयास जारी रहने बताएका छन् । यद्यपि, आफूले त्यसका छुट्टै किसिमको तयारी भने नगर्ने बताएका छन् । अहिलेको टोलीका सबै टोलीको भूमिका यो विश्वकपमा निकै महत्वपूर्ण रहने उनको विश्वास छ ।

पछिल्लो समय बंगलादेशको प्रदर्शनमा सुधार आइरहेको अवस्थामा या विश्वकपमा महत्वपूर्ण प्रदर्शनको जिम्मेवारी यो टोलीमा छ । त्यसको लागि सामान्य हिसाबमा नै आफ्नो तयारी जारी रहने मोर्ताजाको भनाइ छ ।

असम्भव केही पनि छैन – मोर्ताजा

यसैबीच बंगलादेशका कप्तान मोर्ताजाले असम्भव केही पनि नरहेको र यो विश्वकपमा बंगलादेशले महत्वपूर्ण प्रदर्शन गर्ने बताएका छन् । सन् २०१८ मा बंगलादेशले खेलेको २० मध्ये १३ ओटा एकदिवसीय क्रिकेटमा जित हासिल गरेको थियो । यसले टोलीमा यो विश्वकपप्रति आत्मविश्वास बढेको हो । यो टोलीले गत वर्ष आईसीसी च्याम्पियन्स ट्रफी पनि खेल्ने अवसर पाएको थियो । तर, पछिल्लो केही वर्षदेखि यो टोलीले कुनै उपाधि जित्न सकेको छैन । तर, केही प्रतियोगितामा यो टोलीले फाइनलसम्मको यात्रा तय गरेको छ ।

मोर्ताजाले सबैभन्दा उत्कृष्ट टोलीजस्ता विशेषणले थप दबाबको महशुस हुने बताए । त्यसैले यो टोलीलाई उत्कृष्ट टोली भन्ने पक्षमा आफू नरहेको तर यो टोली भएका खेलाडीमध्येको सबैभन्दा राम्रो टोली रहेको बताए ।

गत वर्ष बंगलादेशले एकदिवसीय क्रिकेटमा भारत, दक्षिण अफ्रिका, पाकिस्तान, वेस्ट इन्डिजजस्ता टोलीलाई हराएको थियो  । सन् २०१५ मा यो टोली पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो । सन् २०१७ को च्याम्पियन्स ट्रफीमा पनि बंगलादेश सेमिफाइनलमा पुगेको थियो । अहिलेको फम्र्याटले विश्पकप थप कठिन बन्दै गएको मोर्ताजाको भनाइ छ । आफूहरुले अविश्वसनीय प्रदर्शन गर्दै आएको बताए ।

बंगलादेशको टोली

बंगलादेशको टोलीमा तामिम इक्वाल, सौम्य सरकार र शब्बीर रहमानले ब्याटिङको लाइन सम्हाल्नेछन् । उनीहरुलाई विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहमानले साथ दिनेछन् । टोलीको अलराउण्डरमा मोहम्मदुल्लाह, मोहम्मद साइफुद्दिन, मोसाडेक हुसैन, साकिब अल हसन, मेहिडे हसनजस्ता अलराउण्डर पनि टोलीमा छन् । टोलीमा लिटन दास र मोहम्मद मिथुन वैकल्पिक किपरको रुपमा छन् । मसरफे मोर्ताजा, रुबेल हुसेन, मुस्ताफिजुर रहमान र अबु जायेदले बलिङको जिम्मेवारी सम्हाल्नेछन् । (एजेन्सीहरुको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ