arrow

जसलाई जिताए, उनैले हराए गगनलाई

विवेक भन्दा इर्स्याबाट निर्देशीत

logo
सर्वोच्च भण्डारी,
प्रकाशित २०७२ चैत ६ शनिबार
Gagan-dai-haihai.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको १३औं महधिवेशन सकिएको केहीदिन वित्दै जादाँ निर्वाचनका लागि भएका अनेक चालवाजीहरुको खुलासा हुन थालेका छन् । कस्ले कस्लाई के आस्वासन दिएका थिए ? आन्तरिक गोप्य संझौताहरु के के भएका थिए, आर्थिक तथा गैरराजनितिक चलखेलहरु के कस्ता भएका थिए भन्ने तथ्यहरु पनि विस्तारै सार्वजनिक हुदै गएका छन् । यस्तै मध्ये महामन्त्रीका चर्चित उम्मेदवार गगन थापालाई हराउने संवन्धी तथ्यहरु पनि पत्ता लाग्न थालेका छन् । 
 
१२औं महधिवेशनको नतिजाले प्रमाणीत गरेका काँग्रेसका सर्वाधिक लोकप्रिय नेता गगन थापा संविधान सभाको निर्वाचनका बेला सवैले तानातान गर्ने नेतामा पर्दथ्ये । संविधान सभाको पहिलो निर्वाचनमा उनी समानुपातिक तर्फका उम्मेदवार थिए । त्यसैले उनी देशभरी केही निर्वाचन क्षेत्र वाहेक अधिकांश निर्वाचन क्षेत्रमा पुगेका थिए, काँग्रेसका उम्मेदवारको लागि भोट माग्न । गगनलाई आफ्नो निर्वाचन क्षेत्रमा लगेर आफ्ना लागि भोट मगाउन सायद सवै उम्मेदवारहरुले चाहन्थ्ये । तर पार्टीका प्रभावशाली र ठुला नेताहरुको दवावमा उनी कतिपय नेताको निर्वाचन क्षेत्रमा त दोहोर्याई, तेहेर्याई पनि जान वाध्य भए भने उनीहरुकै कारण केही उम्मेदवारहरुको निर्वाचन क्षेत्रमा जान पाएनन् । जहाँ जहाँ गए, उनको भाषणबाट प्रभावित भएर मतदाताहरुले त्यहाँका काँग्रेस उम्मेदवारलाई रोजे, कतिपयले जिते भने कतिपयले उनकै कारण भोट थपे । त्यतिवेला विजयी भएका कतिपय उम्मेदवार र कार्यकर्ताहरुले नै भनेका थिए, “गगन नगईदिएको भए जित्न गाह्रो थियो । गगनका कारण जित्न पाईयो, गगनलाई धन्यवाद ”
 
पहिलो संविधान सभाको निर्वाचनमा धेरैलाई जिताउन खटिएका गगनले संविधान सभाको दोस्रो निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बन्न धेरै कसरत गर्नु पर्यो । कतिपय नेताहरु उनलाई कुनै हालतमा प्रत्यक्ष तर्फको उम्मेदवार बनाउनै नहुने अड्डी कसेर बसे । उनले टिकट पाउदा मात्रै पनि आफुले धेरै कुरा पाउनु पर्ने भन्दै वार्गेनिङ गर्न केही शिर्ष नेताहरु तम्सीए । लोकले के भन्ला भन्ने लाजले पनि उनलाई टिकट दिन संसदीय बोर्डका नेताहरु वाध्य भए । उनले टिकट पाउदा बार्गेनिङ गर्नेहरुको माग पनि पुरा गरियो । गगनले काठमाडौं क्षेत्र नं. ४ का लागि प्रत्यक्ष तर्फको उम्मेदवार बन्न पाए । गगनले आफुले टिकट पाउने नपाउने कुनै निधो नहुदा पनि आफु सरहका युवा नेताहरुका लागि टिकट दिलाउन धेरै मेहनेत गरे । उनकै मेहनेतका कारण टिकट पाएका युवा नेताहरु जिताउन पनि उनले अझ धेरै पसिना बगाए । 
 
उनी क्षेत्र नं. ४ का उम्मेदवार भएपनि आफ्नो क्षेत्रमा भन्दा बढी अरुकै क्षेत्रमा हिडिदिनु पर्ने नेताहरुकै दवाव पर्यो । उनी आफ्नो जितलाई धरापमा राखेरै भएपनि अरु नेताहरुका लागि भोट मागिदिन दोस्रो निर्वाचनमा पनि खुवै हिडे । आफ्नै निर्वाचन क्षेत्रमा पर्याप्त समय दिन नपाएपनि उनले जहाँ पुगे त्यहाँका जनतालाई भने, “पहिलो संविधान सभाको निर्वाचनबाट हामी ठुलो पार्टी बन्न सकेनौं, त्यसैले संविधान बन्न सकेन, अव हामीलाई ठुलो पार्टी बनाउन यहाँका काँग्रेसका उम्मेदवारलाई जिताईदिनुहोस् । हामी संविधान बनाएरै छाड्छौं ।” गगनले हरेक निर्वाचन क्षेत्रमा जनताका अगाडी गरेको यो बाचाकसमलाई त्यहाँका मतदाताले विश्वास गरे र काँग्रेसकै नेतृत्वमा मुलुकले संविधान पनि पायो । 
 
काँग्रेसका धेरै उम्मेदवारहरु विजयी हुनुमा गगनको भाषण र बाचाकसम मात्रै मुख्य कारण त अवश्य होईन । तर केही सहयोगी भने अवश्यक भएकै हो भन्नेमा अधिकांश नेताहरु सहमत छन् । यसरी जो नेताहरुलाई जिताउन गगन खटेर लागे अहिलेको महाधिवेशनमा उनै मध्येका केही नेताहरु गगनलाई हराउन भनेर लागेको तथ्य सार्वजनिक भएको छ । 
 
काँग्रेसको १२औं महाधिवेशन देखि १३औं महाधिवेशन सम्मको अवधिमा संभवतः देशभरी सवै भन्दा धेरै कार्यकर्तासंग अन्तरसंवाद गर्ने नेतामा गगन सवै भन्दा अगाडी पर्दछन् । उनले युवा पाका सवै नेता कार्यकर्तासंग युवालाई कार्यकारी जिम्मेवारी दिन आग्रह गर्दै जिल्ला जिल्लाबाट युवा प्रतिनिधिहरु धेरै छनौट हुने माहौल पनि बनाए । तर तिनै कतिपय युवाहरु भने आफ्नो विवेक भन्दा ईश्र्याबाट बढी निर्देशीत भएकोपनि यस महाधिवेशनमा स्पष्टसंग देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ