arrow

भारतमा बुर्का प्रतिबन्धको माग, शिवसेनाको मोदीलाई प्रश्न- लंकामा लाग्यो, अयोध्यामा कहिले?

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
modi-sivsena1.jpg

काठमाडौं । भारतको राजनीतिक दल शिवसेनाले भारतमा बुर्का माथि प्रतिबन्ध लगाउन माग गरेको छ । श्रीलंकामा भएको आतंककारी आक्रमणपछि सरकारले बुर्कामा प्रतिबन्ध लगाएको भन्दै शिवसेनाले भारतमा पनि  बुर्का माथि प्रतिबन्ध लगाउन माग आफ्नो पत्रिका सामनामा गरेको छ ।
 
सामनामा भनिएको छ, 'निरन्तर बम आक्रमणपछि श्रीलंकामा बुर्का र नकाब सहित अनुहार छोप्ने बस्तुमा प्रतिबन्ध लगाएको छ। त्यहाँको सरकारले यो निर्णय राष्ट्रीय सुरक्षाको लागि लिएको हो । हामी सो निर्णयको स्वागत गर्छौ र प्रधानमन्त्री मोदीसँग पनि श्रीलंकाका राष्ट्रपतिको कदममा कदम मिलाउदै हिन्दुस्तानमा पनि बुर्का र नकाबमा प्रतिबन्ध लगाोस् , यो मांग राष्ट्रहितको लागि गरेका छौं ।'

केन्द्रीय मन्त्री रामदास अठावलेले शिवसेनाले बुर्कामाथि प्रतिबन्ध लगाउन गरेको मागमा भने, 'बुर्का लगाउने सबै महिला आतंकवादी हुदैनन् । यदि उनिहरु आतंकवादी हुन् भने बुर्का हटाउनु पर्छ । बुर्का लागउनु एक परम्परा हो र मुस्लिम महिलाहरुलाई यो लगाउने अधिकार छ। यसैले बुर्कामाथि भारतमा प्रतिबन्धन लगाउनु हुदैन ।'

सामनाको सम्पादकीय 'प्रधानमन्त्री मोदीसँग प्रश्न: रावणको लंकामा लाग्यो , रामको अयोध्यामा कहिले ' भन्ने शीर्षकमा लेखिएको थियो । सम्पादकीय लेखिएको थियो,'लिट्टेको आतंकबाट मुक्त भएको यो देश अब इस्लामीक आतंकवादीको बलि चढेको छ । हिन्दुस्तान, विशेष गरेर जम्मू-कश्मीर प्रान्त इस्लामीक आतंकवादबाट त्रस्त छ। प्रश्न यति मात्र हैन श्रीलंका, फ्रान्स, न्यूजील्याण्ड र ब्रिटेन जस्ता देशले जुन कदम उठाएका छन् सोहि प्रकारको कदम हामी कहिले उठाउनेछौं ?'

श्रीलंका हमलामा बुर्का लगाएकी एक महिला पनि सहभागी रहेको अनुसन्धामा खुलेपछि बुर्केमाथि प्रतिबन्ध लगाइएको थियो । यो निर्णयसँगै श्रीलंकाका मुस्लिम महिलाहरुलाई घर बाहिर निस्कन समस्या हुने भएको छ ।  

श्रीलंकाको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च) मा शृङ्खलाबद्ध बम बिस्फोट भएको थियो ।  अघिल्लो आइतबार भएका शृंखलाबद्ध बम विस्फोटमा २५३ मृत्यु भएको थियो ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली बिस्फोट भएको थियो ।

न्युजिल्याण्डमा भएको आक्रमणको प्रतिकार स्वरुप श्रीलंकामा आक्रमण गरिएको भन्ने आतंकवादी भनाइ छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ