arrow

मदुरोको हिटलर शैली, प्रदर्शनकारीमाथि चलाइयो सेनाको ट्यांकर

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
maduro.JPG

काठमाडौं । भेनेजुयलाको राजनीतिक संकट झनै बढेको छ । पछिल्लो समय मुलुकमा हिंसात्मक घटना पनि बढिरहेका छन् । मंगलवार भेनेजुयलाको कराकसमा मादुरो सरकारको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सेनाको ट्यांकर चलाइएको छ ।

विरोध प्रदर्शन गरिरहेका मानिसहरुको समुहलाई लक्षित गरी चलाइएको ट्यांकरको कारण कम्तीमा १ जना घाइते भएका छन् । भेनेजुयलामा देखिएको आर्थिक संकट तथा सामाजिक जनजीवनमा देखिएको कठिनाइको समस्या समाधान गर्न नसकेको र प्रजातान्त्रिक व्यवस्था नमानेको भन्दै मादुरो सरकारको विरोध हुँदै आएको छ ।

यसैबीच अमेरिकाले मादुरो सरकारमाथि प्रतिबन्ध लगाएको छ र विपक्षी नेता हुवाँ गुएइदोलाई राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ । यससँगै भेनेजुयलाको राजनीतिक संकट गहिरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ