arrow

राष्ट्र बैंकका कर्मचारीहरुको क्रिकेट : गभर्नरले बलिङ गरेको टिम दोस्रोमा सीमित 

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
chiranjivi-bowling.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरुको एक दिवशीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्र बैंक केन्द्रीय समितिको आयोजनामा भएको एक दिवशीय क्रिकेट प्रतियोगितामा अनुज दाहाल नेतृत्वको 'टीम बी' प्रथम भएको छ ।

बुधबार कीर्तिपुर स्थित ल्याबोरेटरी स्कूलको क्रिकेट मैदानमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरेका हुन् । विहान ८ बजेदेखि सुरु भएको सो प्रतियोगिताको पहिलो खेल 'टीम ए' र 'टीम बी'बीच भएको थियो । जसमा 'टीम बी'ले ब्याटिङ रोजेको थियो भने गभर्नर नेपालले 'टीम ए'को तर्फबाट बलिङ गरेका थिए । नेपालको बलिङमा 'टीम बी'ले एक रन पनि लिन सकेको थिएन । अन्ततः टीम बीले नै खेल जितेको हो । 

No photo description available.नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सव तथा विश्व मजदुर दिवसको उपलक्ष्यमा संघले सो प्रतियोगिताको आयोजना गरेको हो । संघका खेलकुद उपसमितिका संयोजक सुशील ज्ञवालीका अनुसार प्रतियोगितामा 'टीम बी' प्रथम भएको छ । साथै, 'टीम ए' दोस्रो, 'टीम सी' तेस्रो र 'टीम डी' चौथो भएका छन् । प्रतियोगितामा प्रथम र द्वितीय भएकाहरुलाई मेडल प्रदान गरिएको छ । विजेता टीमलाई एक विशेष कार्यक्रमकाबीच वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले ट्रफी वितरण गरेका हुन् ।  

प्रतियोगिताको उद्घाटन गर्दै गभर्नर नेपालले खेलकुदले पछिल्लो समय सबै नेपालीलाई जोड्न सफल भएको बताए । उनले संघले गरेको सो कार्यक्रमले राष्ट्र बैंकका कर्मचारीहरुबीच  आपसी मिलन र भाईचाराको भाव विकास गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल वित्तीय संस्था कर्मचारी संघका केन्द्रीय अध्यक्ष पदमराज रेग्मीले खेलकुदले एक आपसमा भातृत्वको भाव विकास गर्ने बताए । उनले समय समयमा यस्ता कार्यक्रमहरु आयोजना गर्न सकेमा राष्ट्र बै‌ंकका उर्जाशील कर्मचारीहरुमा झनै उर्जा थपिने विश्वास पनि व्यक्त गरेका छन् । मजदुर दिवस र बैंकको वार्षिकोत्सव समारोहको अवसरमा गरिएको प्रतियोगिता सान्दर्भिक रहेको धारणा पनि व्यक्त गरेका छन् । 

आयोजक संघका अध्यक्ष रेशम रेग्मीले सधै‌ंभरी काममा व्यस्त हुने राष्ट्र बै‌ंकका कर्मचारीहरुलाई मनोरञ्जन र कर्मचारीहरुको अतिरिक्त क्रियाकलापमा क्षमता प्रदर्शन पनि हुने भएकोले यस्तो आयोजना गरिएको जानकारी दिए । 

Image may contain: 1 person, standing, playing a sport, sky, tree, outdoor and nature

Image may contain: 1 person, standing, outdoor and nature

Image may contain: 4 people, including Padam Raj Regmi, people smiling, people standing, tree, sky, outdoor and nature

Image may contain: 6 people, people standing and outdoor

Image may contain: 7 people, including Padam Raj Regmi, people smiling, people standing, tree and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ