arrow

'क्युबा भाग्न विमान तयारी अवस्थामा', मदुरो भन्छन्- यो दाबी झुठो

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
nicolas-maduro-president-venezula.jpg

अमेरिका । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मदुरो क्युबा निवासनमा जान तयार भएको दाबी गरेका छन् । तर मदुरोले भने पोम्पेओको यो दाबी झुठो भएको भन्दै खण्डन गरेका छन्  ।  

पोम्पेओले सीएनएनलाई दिएको एक अन्तर्वार्ता विमानस्थलमा मदुरोलाई लैजान विमान तयारी हालतमा राखिएको दाबी गरेका थिए  । तर रुसले मदुरोलाई देश नछाड्न दबाव दिएको पोम्पेओले बताएका थिए ।

मदुरो भाग्न तयार भएको पोम्पेओको दाबी अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मदुरो क्युबा निवासनमा जान तयार भएको दाबी गरेका छन् । तर मदुरोले भने पोम्पेओको यो दाबी झुठो भएको भन्दै खण्डन गरे । पोपेम्ओको यो भनाइ एक जोक मात्र भएको मदुरोको भनाई रहेको छ ।

विपक्षी नेता ग्वाइदोको आह्वानमा भेनेजुएलाका विभिन्न शहरमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएर प्रदर्शन जारी राखेका बताइएको छ ।
मदुरोको पक्षमा रुस, चीन र क्युबाजस्ता देश रहेका छन् भने, ग्वाइदोलाई अमेरिका, थुप्रै युरोपेली देश र छिमेकी ल्याटिन एवम् दक्षिण अमेरिकी देशसहित दर्जनौँ राष्ट्रले मान्यता दिएका छन् ।

विपक्षी नेता ग्वाइदोले गत जनवरीमा संविधानको रक्षार्थ भन्दै आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । उनको सो घोषणालाई मदुरो अस्वीकार गरेका छन् ।

मदुरो र ग्वाइदो दुवैले आफूलाई देशको संवैधानिक राष्ट्रपति दाबी गर्दै आउनु भएपछि ल्याटिन अमेरिकी देश राजनीतिक र आर्थिक सङ्कटको भुमरीमा परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ