arrow

पाँच घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा

logo
प्रकाशित २०७२ चैत ६ शनिबार
Fire_Brigade.jpg.jpeg
नेपालगन्ज।शनिबार बिहान ४ बजे नेपालगन्ज उपमहानगरपालिका–७ वसन्तपुरस्थित बालाजी कपास उद्योगमा लागेको आगो केही समयअघि नियन्त्रणमा ल्याइएको छ । प्रहरी, सेना र दमकलका कर्मचारीको पाँच घन्टाको अथक प्रयासबाट आगलागी नियन्त्रणमा आएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक रामबहादुर चन्दले जानकारी दिए ।
 
 प्रहरीले गरेको प्रारम्भिक अनुमान अनुसार विद्युत् तार सर्ट भएका कारण आगो लागेको हुन सक्छ । उद्योगका सञ्चालक पङ्कजकुमार वैश्यले उद्योगमा रहेको यन्त्र, कच्चा पदार्थ र तयारी कपास गरी रु एक करोड २० लाखको क्षति भएको बताए । आगलागीबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ