arrow

मोदीविरुद्ध उठेका एसपी-विएसपीका उम्मेदवारको उम्मेदवारी खारेज, सर्वोच्च जाने चेतावनी

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
Tej-Bahadur-Yadav.jpg

वाराणसी । प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध उम्मेदवारी दिएका एसपी र विएसपी गठबन्धनका उम्मेदवार पूर्व बीएसएफ जवान तेज बहादुर यादवको उम्मेदवारी रद्द भएको छ । बुधबार निर्वाचन कार्यालयले अन्तिम समयमा आएर उम्मेदवारी खारेज गरिदिएको हो । निर्वाचन कार्यालयमा उनले दिएको विवरण गलत भेटिएपछि उनको उम्मेदवारी खारेज गरिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । यादव वाराणसी लोकसभा सीटबाट समाजवादी पार्टीका प्रत्याशी घोषित भएका थिए । उनको नामांकन रद्द भएपछि यादवले यस निर्णय विरुद्ध सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् । 

मंगलबार मात्रै जिल्ला निर्वाचन कार्यालयले यादवलाई उनले दिएको सूचनाको विषयमा चुनाव आयोगबाट अनापत्ति प्रमाणपत्र ल्याएर बुझाउन निर्देशन दिएको थियो । सो विवरण पेश गर्नको लागि चुनाव आयोगले बुधबार विहान ११ बजेसम्मको समय दिएको थियो । सो समयसम्ममा ल्याउन नसकेमा उनको उम्मेदवारी रद्द हुने बताईएको थियो । तोकिएको समयभित्र उनले आयोगबाट सो प्रमाणपत्र नल्याएपछि उनको उम्मेदवारी खारेज गरिदिएको बताईएको छ । 

जिल्ला चुनाव अधिकारीले उनले बुझाएको दुईवटै नामांकन पत्रमा आपत्ति जनाउँदै उनको नाममा नोटिस जारी गरेको थियो । यादवले भने कि ‘मैले निर्दलीय उम्मेदवारको रुपमा २४ अप्रिलमा आफ्नो नामावली दर्ता गराएको थिएँ । तर, पछि समाजवादी पार्टीका उम्मेदवारको रुपमा २९ अप्रिलमा अर्काे नामांकन दर्ता गरेको थिएँ । यदि नामांकनमा कुनै समस्या भएके हो भने त मलाई पहिले नै जानकारी दिनु पर्ने थियो । यसको जानकारी किन दिईएन ? समय कम हुँदा हुँदै पनि मेरा कानूनी टीमले चुनाव अधिकारीलाई पूरा जानकारी दिँदै आएको छ । 

त्यस्तै, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साध्दै भने ‘पीएम मोदी जवानसँग डराए । इतिहासमा यस्तो कम मौका मिल्छ कि देशको प्रधानमन्त्रीलाई देशको एउटा जवानले चुनौती दिँदैछ । यो इतिहासमा पहिलो मौका हो कि एक पीएम एक जवानसँग लडाई‌ गर्नुको साँटो उनको गल्ती खोजेर उनको उम्मेदवारी नै खारेज गराइदिए।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ