- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मुम्बइ । भारतमा माओवादी विद्रोहीले गराएको बम विस्फोटनको घटनामा परी बुधबार मात्रै कम्तीमा १६ जना मारिएका छन् । विषेश सुरक्षा टोलीमा रहेका १५ जना कमाण्डो र एक जना चालकको सो घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
दशकौँदेखि भारतमा भइरहेको माओवादी द्वन्द्वका कारणले भएका घटनामध्ये बुधबारको घटना पनि ठूलो घटना मानिएको प्रहरी अधिकारीहरुको भनाइ छ ।
सन् १९६० को दशकदेखि शुरु भएको माओवादी द्वन्द्वका क्रममा भारतमा अहिलेसम्म दशौँ हजारको मृत्यु भइसकेको छ ।
चिनियाँ नेता माओत्से तुङबाट प्रभावित भएका विद्रोही र सुरक्षाकर्मीबीच भारतमा लामो समयदेखि भिडन्त र आक्रमणका घटना हुँदै आएका छन् ।
भारतको महाराष्ट्र राज्यमा माओवादी विद्रोहीले नै केही सवारी साधनमा आक्रमण गरेको सूचनाका आधारमा त्यसतर्फ जाँदै गर्दा उनीहरुले सुरक्षाकर्मीकै गाडीमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । महाराष्ट्रको गढचिरौलीमा घटना भएको हो । सो क्षेत्र माओवादी अतिप्रभावित क्षेत्र मानिन्छ ।
त्यस बाहेक विषेश गरेर भारतका झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा, विहार, छत्तीसगढ, उत्तर प्रदेश, कर्नाटकलगायतका क्षेत्रमा पनि माओवादीको धेरै प्रभाव रहेको छ ।
भारतका प्रमुख आन्तरिक सुरक्षा चुनौतीमध्ये माओवादी विद्रोहलाई पनि लिइन्छ भने उनीहरु सङ्गठित भएर पूर्वी तथा मध्य भारतको ठूलो क्षेत्रमा फैलिँदै गएको पाइएको छ । एएफपी
#JustIn -- 16 dead in the deadly Maoist attack on a team of C60 Commandos in Maharashtra's Gadchiroli. | #GadchiroliNaxalAttack pic.twitter.com/K807wTwFSY
— News18 (@CNNnews18) May 1, 2019