arrow

संयुक्त राष्ट्रस‌ंघद्वारा मसूद अजहर आतंककारी घोषित, चीनले स्वीकार्यो भारतको प्रस्ताव

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
masood-s_650_011316070705.jpg

काठमाडौं । संयुक्त राष्ट्र संघले इस्लामिक धर्म गुरु मसूद अजहरलाई आतंककारी घोषणा गरेको छ । यस अघि भारतले पटक पटक गरेको आग्रहलाई चीनले अस्वीकार गरेपछि संयुक्त राष्ट्र संघमा सो प्रस्ताव त्यसै अड्किएको थियो । अहिले भारतको प्रस्तावमा चीन सहमत भएको हो । 

भारतीय मिडियाहरुले यसलाई भारतको ठूलो कूटनीतिक जीत भनेका छन् । जैश(ए(मोहम्मद प्रमुख मसूद अजहरलाई अब संयुक्त राष्ट्र संघको कुनै पनि सदस्य राष्ट्रहरुले आश्रय दिन सक्ने छैन । संयुक्त राष्ट्र संघमा भारतका राजदूत सैयद अकबरुद्दीनले भने कि मसूद अजहर को संयुक्त राष्ट्र की सूचीमा एक आतंकवादीको रुपमा सूचीबद्ध गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ