arrow

न सन्दीप खेल्न पाए न दिल्ली जित्यो, चेन्नाई पुग्यो क्वालिफायरमा 

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
delhi6.jpg

काठमाडौं । आइपीएल टी–२० क्रिकेटमा नेपाली युवा ढुकढुकी सन्दीप लामिछाने खेल्न नपाएको खेलमा दिल्ली क्यापिटल्स पराजित भएको छ । दिल्लीलाई चेन्नाई सुपर किंगसले पराजित गरेको हो । 

बुधबार राति घरेलु मैदानमा खेलेको किंगसले दिल्लीलाई ८० रनको भारी अन्तरले पराजित गर्दै क्वालिफायरमा पुगेको छ । 

चेन्नाईको १३ खेलबाट १८ अंक भएको छ । हारले १३ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा धकेलिएको दिल्ली दोस्रो स्थानमा छ । दिल्ली प्लेअफमा पुगिसके पनि क्वालिफायरमा पुग्न अब अन्तिम खेल जित्नुपर्ने दवाव छ । 

दिल्ली भर्सेस चेन्नाई

चेन्नाईस्थित चिदम्बरम क्रिकेट स्टेडियममा चेन्नाई ८० रनले विजयी भयो । चेन्नाईले दिएको १८० रनको लक्ष्य पछ्याएको दिल्ली १६.२ ओभरमा अलआउट हुँदै ९९ रनमा समेटियो ।

दिल्लीका लागि कप्तान श्रेयस एयरले ४४ तथा शिखर धवनले १९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक पनि जोड्न सकेनन् ।

इमरान ताहिरले ४ विकेट लिए । उनले ३.२ ओभर बलिङ गर्दै १२ रन खर्चिएका थिए । यस्तै रबिन्द्र जडेजाले ९ रन खर्चिएर ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले ४ विकेटको नोक्सानीमा १७९ रन बनाएको थियो । ढिलो गतिमा खेल सुरुआत गरे पनि पछिल्ला ओभरमा आक्रामक देखिएको चेन्नाईले उक्त सम्मानजनक स्कोर खडा गरेको थियो । 

सुरेश रैनाले ५९, कप्तान महेन्द्र सिंह धोनीले २२ बलमा नटआउट ४४ रन जोड्दा फाप दु प्लेसिसले ३९ रन बनाए । 

बिहीबारको खेल
बिहीबार राति मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद खेल्दैछन् । मुम्बई १२ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । 

हैदरावाद १२ खेलबाट १२ अंकसहित चौथो स्थानमा छ । 

मुम्बईमा हुने खेल घरेलु टोलीले जिते प्लेअफमा पुग्नेछ । हैदरावाद जितले प्लेअफको दावेदार बन्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ