arrow

भारतले जारी गर्यो हाइ अलर्ट, ‘फानी’ को डर

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
cyclone-india.jpg

काठमाडौं । चक्रपात फानीले भारतमा पनि निकै तहल्का पिटेको छ । मौसम विभागले बिहीबार र शुक्रबार ठूलै विध्वंश मच्याउन सक्ने भन्दै चिन्ता ब्यक्त गरेको छ । 

मौसम विभागले यूपीमा दुईदेखि तीन दिनसम्मको फानी चक्रवातको अलर्ट जारी गरेको छ । फानी चक्रपात ओडिशाबाट तटीय इलाकातर्फ बढिरहेको छ । ओडिशामा पनि खतरा बताइएको छ । 

फैनी चक्रवात (फाइल फोटो)

यूपीमा हावाहुरीसहितको मध्यम वर्षा हुन सक्ने बताइएको छ । ३० देखि ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चल्ने सम्भावना बताइएको छ । 

ओडिशामा १९० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चल्न सक्ने बताइएको छ । हजारौं मानिसहरु प्रभावित हुन सक्ने उत्तरी क्षेत्रबाट सुरक्षित स्थलतर्फ सरेका छन् । 

फैनी चक्रवात से पैदा होंगे आंधी के बाद बारिश के हालत (फाइल फोटो)

आन्ध्र प्रदेश र तमिलनाडु राज्यमा पनि हाइ अलर्ट जारी गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ