arrow

मुस्किलमा राहुल गान्धी, अदालतले बोलायो, चुनाव आयोगले नोटिस पठायो

नागरिकताको सवालमा सर्वोच्चले अर्को हप्ता फैसला गर्न सक्ने

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
rahul-gandhi.jpg

काठमाडौं । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी दिनानुदिन मुस्किलमा पर्दै गएका छन् । आफ्नो तीतो बोलीका कारण उनी समस्यामा परेका हुन् । 

अहमदावादको एक अदालतले भाजपा अध्यक्ष अमित शाहलाई ‘हत्याआरोपी’ भन्ने मामलामा गान्धीलाई बोलाएको हो । 

भाजपा कार्यकर्ताले आपराधिक मानहानीको आरोप लगाउँदै गान्धीविरुद्ध उजुरी गरेपछि अदालतले राहुललाई बोलाएको हो । 

गान्धीले ६ जुलाइसम्म जवाफ दिए हुनेछ । गान्धीमाथि भारतीय दण्डसंहिताको धारा ५०० अनुसार आपराधिक मानहानीको मामला बनाइएको हो । 

भाजपाका स्थानीय पार्षद कृष्णवदन ब्रम्हाभट्टले आफ्नो उजुरीमा २३ अप्रिलमा मध्यप्रदेशको जबलपुरमा एक चुनावी र्यालीलाई सम्वोधन गर्दै गान्धीले भनेका थिए, ‘हत्यारोपी भाजपा प्रमुख अमित शाह, वाह ’ क्या शान छ ।’

चुनाव आयोगको पनि नोटिस
चुनाव आयोगले पनि राहुल गान्धीलाई नोटिस पठाएको छ । कथित टिप्पणीका लागि उनलाई आयोगले नोटिस पठाएको हो । 

उनले नरेन्द्र मोदी सरकारले एक नयाँ कानुन बनाएको र जसबाट आदिवासीमाथि गोली हानिन सक्ने बताएका थिए । 

२३ अप्रिलमा मध्यप्रदेशको शहडोलमा गान्धीले भाषणमा भनेको विषयलाई लिएर आदर्श आचारसंहिताको प्रावधान राजनीतिक विरोधीमाथि ‘असत्यापित’ आरोपमाथि रोक लगाउने उल्लेख छ । 

आयोगले गान्धीलाई बुधबार नोटिस दिँदै ४८ घण्टाभित्र जवाफ दिन भनेको छ । 

समयावधीभित्र नोटिश नदिए आयोग आफ्नो तर्फबाट कार्वाहीका लागि स्वतन्त्र हुने पनि बताइएको छ । 

भारतमा लोकसभा निर्वाचन भइरहँदा आरोप प्रत्यारोप चलिरहेको छ । गान्धीको नागरिकता र शैक्षिक योग्यता पनि विवादमा छ । 

गर्मीको छुट्टी भन्दा पहिले नागरिकता विवादमा सर्वोच्च अदालतले अर्को हप्ता सुनुवाई गर्न सक्ने आँकलन भारतीय संचार माध्यमहरुले गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ