arrow

श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीलाई एकसाथ यात्रा नगर्न चेतावनी

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
maithri-and-ranil.jpg

काठमाडौं ।  श्रीलंकाको गुप्तचर संस्थाले सम्भावित आतंकवादी हमलाको सूचनापछि केहि हप्ता देशका शीर्ष नेतृत्वलाई एकसाथ यात्रा नगर्न चेतावनी दिएको छ ।  गुप्तचर संस्थाले एक मीडिया रिपोर्टमा बुधवार चेतावनी दिएको हो ।

संस्थाले राष्ट्रपति मैत्रीपाला सिरिसेना, प्रधानमन्त्री रानिल विक्रमसिंघे र विपक्षका नेता महिन्दा राजपक्षे लगायतका नेतालाई सचेत रहन सुझाव दिएको छ ।

‘डेली मिरर’ को  रिपोर्ट अनुसार राजनीतिक नेताहरुलाई विशेष गरेर गिरजाघर, मन्दिर र अन्य धार्मिक स्थानमा हुने कार्यक्रममा सहभागी नहुन भनेको छ । गुप्तचर संस्थाले कुनैपनि स्थानमा जानै परे हेलिकप्टरको प्रयोग गर्न सल्लाह दिएको छ ।

यसै बीच मेगापोलिस र पश्चिमी विकास मन्त्री पाटली चंपिका रानवाकाले श्रीलंका सरकारसँग ८०० विदेशी इस्लामिकलाई निर्वासित गरेका छन् । जो देशभरका विभिन्न मस्जिदमा  धार्मिक शिक्षणमा लागेका छन् । बुधवार श्रीलंकाले मे दिवसमा र्‍यलीको पनि आयोजन गरेन।

 गत अप्रिल २१ मा श्रीलंकाको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च) मा शृङ्खलाबद्ध बम बिस्फोट भएको थियो ।   शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा २५३  ज्यान गुमााएका थिए । जस मध्ये ४२ जना विदेशी नागरिक रहेका थिए ।
 
 अझै पनि १२ विदेशी नागारिक वेपत्ता रहेका  विदेशी मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । तीन ओटा चर्च र तीन ओटा होटलमा भएका यस आत्मघाती आक्रमणमा परेर घाइते भएका पाँच जना विदेशी नागरिक अझै पनि उचारार्थ अस्पतालमा भर्ना भएका बताइएको छ ।

जधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली बिस्फोट भएको थियो ।

न्युजिल्याण्डमा भएको आक्रमणको प्रतिकार स्वरुप श्रीलंकामा आक्रमण गरिएको भन्ने आतंकवादी भनाइ छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ