arrow

प्रदेशसभा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
pradesh_sava.jpg

बुटवल । प्रदेश नं ५ को प्रदेशसभामा बिहीबार पनि सांसदहरुले बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रदेशभा बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले केन्द्र सरकारले आफुहरुलाई कार्यबिहिन भएको गुनासो गरेका हुन् ।

बिहिबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य अम्मरबहादुर डाँगीको प्रदेश सरकार गठन भएको एक बर्ष नाघिसकेको र संघीय सरकार गठन भएको डेढ बर्ष बितिसक्दा समेत किशान तथा आम जनताको जिवनस्तरमा सुधार आउन नसकेको भन्दै जनताको जिवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रमहरु अगाडी बढाउन माग गरेका छन् ।

दाङ जिल्लामा भू–माफियाहरु र भुमिसुधार कार्यालयको मिलेमतोमा जनताका जग्गा हडपेर भरबार बिहीन बनाउने कार्य भैरहेको भन्दै त्यसको उचित छानबिन गरी दोषि उपर कार्बाही गर्नुपर्नेमा जोड दिए ।

प्रदेशसभामा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले प्रदेशसभा सदस्यहरुको भुमिकालाई नीति नियम बनाउनेमा मात्रै सिमित गर्न खोजएको भन्दै आफु निर्वाचीत क्षेत्रको बिकास निर्माणमा स्थानीय तहहरुले प्रदेश सांसदहरुसँग समन्वय र सल्लाह लिदा स्थानीय तहको भुमिकामा कुनै हस्तक्षेप नहुने धारणा राखेका थिए । अधिकारको अतिक्रमणको नाममा बिकास निर्माणमा सोही स्थानबाट निर्वाचीत सांसदहरुलाई भुमिकाबिहीन बनाउन नहुने बताए ।

बिशेष समयमै बोल्दै प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठले भुमि व्यवस्थापन तथा भूमिहीन सुकुम्बासी समस्या समाधानकालागि प्रदेशसभामा पटक÷पटक आवाज उठे पनि प्रदेश सरकारले त्यस बिषयमा अहिले सम्म कुनै जवाफ नदिएको गुनासो गर्दै प्रदेशसभाको चालु तेस्रो अधिबेशनबाटै भुमि व्यवस्थापन आयोग गठन गर्न माग गरेका छन् । चुनावमा भुमिहीन–सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउदै उनले तत्काल आयोग गठन गर्नुपर्नेमा जोड दिए ।

प्रदेशसभाको बिहीबारको बैठकले प्रदेश नं ५, बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारीत गरेको छ । बैठकमा प्रदेश मामिला तथा कानून समिति सभापति दामा कुमारी शर्माले प्रदेश लोक सेवा आयोगको गठन,काम,कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदन सहीतको विधेयक र गाउँ सभा÷नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदन सहीतको विधेयक पेश गरे ।

बैठकमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले यसअघीका प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।प्रदेशसभाको अर्को बैठक यही बैशाख २२ गते दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ