arrow

श्रीलंकाको चर्चमा पुन: आक्रमणको आशंका

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
shrilanka-attack2.jpg

श्रीलंका । श्रीलंकाको रोमन क्याथोलिक चर्चले  आगामी आइतबारबाट पुनः आरम्भ गर्न लागेको आफ्नो सेवा रद्ध गरेको छ । फेरि बम आक्रमण हुने आशंकामा सो चर्चले आफ्नो सेवा रद्ध गरेको प्राप्त समाचारमा जनाइएको हो ।

चर्चका प्रवक्ताले बिहीबार दिएको जानकारीअनुसार चर्चले प्राप्त गरेको एक सूचनाअनुसार चर्चमा सम्भावित दुई ओटा आक्रमण हुन लागेको थियो ।  त्यसपछि चर्चले आगामी मे ५ मा हुने गइरहेको सामूहिक भेला रद्ध गरेको छ । सुरक्षाबलको सल्लाहअनसुार आगामी आइतबबार कुनै पनि चर्चमा सामूहिक भेला नहुने चर्चका प्रवक्ताले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

श्रीलंकामा गत अप्रिल २१ मा तीन होटल र ती चर्चमा भएको आत्मघाती आक्रमणपछि चर्चले पुनः सर्वसाधारणको लागि आफ्नो सेवा शुरु गर्न लागेको थियो ।

गत अप्रिल २१ मा भएका ती आतङ्ककारी आक्रमणहरुमा परी कम्तीमा २ सय ५७ व्यक्तिको मृत्यु भएको थियो । सयौंको सङ्ख्यामा व्यक्तिहरु घाइते भएका थिए । सो आक्रमणमा परी कम्तीमा ४२ विदेशी नागरिकले समेत ज्यान गुमाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ