arrow

बजेट पूर्व नै प्रदेश ५ छलफलमा ब्यस्त

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ वैशाख १९ बिहिबार

बुटवल ।  प्रदेश नं. ५ सरकार बजेट ल्याउनुपूर्व छलफलमा जुटेको छ । आर्थिक बर्ष ०७६÷०७७ का लागि ल्याउन लागेको बजेट अघि आवधिक योजना, बार्षिक कार्यक्रम र बजेटको छलफलमा सरकार जुटेको हो ।

प्रदेश योजना आयोगले प्रमुख आयोजना तथा कार्यक्रमहरुको ढाँचा तयार गरे संगै सांसदहरु छलफलमा जुटेका छन् । बुटवलमा भइरहेको दुई दिनको कार्यक्रममा प्रदेश नं. ५ का सांसद र आर्थिक विज्ञहरु सहभागि भएका छन् ।

२ दिन सम्म चल्ने बजेटको प्राथमिकता र क्षेत्रहरुका बारेमा छलफल हुनेछ । योजना आयोगले आर्थिक, सामाजिक, पूर्वधार, शुसासन र सुरक्षा तथा अन्तरसम्बन्धित क्षेत्र छुटटाएर तयार गरेको प्रमुख आयोजना तथा कार्यक्रमहरुमा पनि छलफल हुनेछ । पहिलो बर्षको बजेट कार्यान्वयन चुनौतीपुर्ण रहेका बेला ल्याउन लागिएको बजेट ८ महिनामै कार्यान्वयन हुने मुख्यमन्त्री शंकर पोख्रेलले जानाकारी दिए ।

साना र टुक्रे योजनामा बजेट खर्च नगरी बजेटलाई ठुला योजनामा लगाउनुपर्ने सांसदहरुको जोड छ । छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले प्रदेश योजना आयोगले तयार गरेको आवधिक योजनाहरुलाई समेट्ने गरी बजेटमा योजनाहरुलाई प्राथमिकतामा राखिएको बताए ।

प्रदेश समृद्धिको आधार कृषि, पर्यटन, जल जमिन र औद्योगिक विकास बाटै भएकाले योजना बनाउँदा विशेष ध्यान दिनुपर्ने बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशीले कम योजना तर छिटो सक्ने गरी पूर्वधारको विकासमा बजेटको प्राथमिकिकरण हुनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ