arrow

नेपालमा पहिलो पटक खुल्यो बुद्ध दर्शन र चिया अध्ययन गर्ने संस्था

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
buddhist1.jpg

काठमाडौं । बुद्ध दर्शन र चिया संस्कृतिको सँगसँगै अध्ययन अनुसन्धान गर्ने उदेश्यले नेपालमा पहिलो पटक ‘लुम्बिनी बुद्धिजम एण्ड टि रिसर्च सेन्टर’को विहीबार एक समारोहबीच उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा बुद्ध दर्शन र चिया संस्कृति एक आपसमा अभिन्न अंग रहेको बक्ताहरुले धारणा राखेका छन् ।

लुम्बिनी बुद्धिजम एण्ड टि रिसर्च सेन्टरको उद्घाटन समारोहमा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक काशीनाथ न्यौपानेले चीनमा विकसित भएको चिया संस्कृति र नेपालमा जन्मिएका गौतम बुद्धको दर्शनबीच गहिरो सामिप्यता रहेको औंल्याए ।  बौद्ध दर्शन र चिया संस्कृति विश्वको साझा भएको बताउँदै चिनिया प्राध्यापक इन चियाउले बौद्ध दर्शन र चियाको स्वाद एउटै भएको धारणा राखे । उनले चिया संस्कृति र बौद्ध धर्मका माध्यमबाट नेपाल–चीन सम्बन्ध अझ प्रगाढ बनाउन सकिने बताए ।

चीनमा टि हाउस ब्यवसाय गरिरहेका चाङ वाङले तीन लाख चिया घर रहेको चीनमा चिया संस्कृति र बौद्ध दर्शनलाई सँगसँगै लाने गरिएकाले नेपालमा पनि यसको सुरुवात गर्न सुझाव दिए । चिया घरको स्थापना गरेर चिया संस्कृति र बुद्ध दर्शनलाई संगसंगै अगाडी बढाउनुपर्ने उनको भनाइ थियो ।  चिया विकास बोर्डका गौरव लुइँटेलले नेपाली चिया र चीनबीचको सम्बन्ध पुरानो रहेका ले बुद्ध दर्शन र चिया संस्कृति मार्फ अझै प्रगाढ बनाउनुपर्ने बताए ।

कार्यक्रममा संस्कृत विश्वविद्यालयको बुद्ध दर्शन विभागका प्रमुख टीकाराम न्यौपाने, वाल्मिकी क्याम्पसका प्रमुख गणेश घिमिरे, साउद एसिया चिनिया फ्रेडसिप कोअपरेशनका अध्यक्ष अनुप भट्टराई, चिया पर्यटन अध्येता तथा पत्रकार युवराज गौतमलगायतले चिया संस्कृति, बुद्ध दर्शन र चिया पर्यटनका बारेमा धारणा राखे ।

सोही कार्यक्रममा नेपाली युवाहरुको अगुवाइमा स्थापना भएको ‘लुम्बिनी बुद्धिजम एण्ड टी रिसर्च सेन्टर’को विधिवत प्रारम्भ गरियो । रामचन्द्र कार्कीको अध्यक्षतामा स्थापना भएको सेन्टर र चीनका तीनवटा साझेदारी संस्थाबीच सम्झौता पनि भएको छ ।

‘चाइना हाइनान उ लिलु अर्गानिक टि कम्पनी’, ‘चाइना कच्चा सेरामिक ह्याण्डिक्राफ्ट’ र ‘चिया घर औद्योगिक फुड सर्भिस कम्पनी’ र लुम्बिनी बुद्धिजम एण्ड टि रिसर्च सेन्टरका सचिब कुमार खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेर कार्य प्रारम्भ गरे । उक्त संस्थाहरुले नेपालमा बुद्ध दर्शन र चिया संस्कृतिको प्रवद्धनका लागि अध्ययन अनुसन्धान गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ