arrow

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
petrol-pump.jpeg

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पेट्रोलियम पदार्थको मूल्य  बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १ र १ रुपैयाँ मूल्य बढेको छ  । काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रति लिटर १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य रु ९८ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकाले मूल्य बढाउनुपरेको गोइतले बताए । अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ