arrow

यार्सा टिप्न हिडेका खड्का हिमपहिरामा परे, २४ घण्टापछि हेलिकप्टरमार्फत जीवितै उद्धार

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
helico.JPG

रुकुमपूर्व । हिमपहिरामा परेका सुजन खड्काको २४ घण्टापछि जीवितै हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–९ खाराबाङका १७ वर्षीय खड्का लालपाटन हिमालको हिउँसाँघुमा हिम पहिरोमा परेका थिए ।

हिमपहिरोमा परी घाइते खड्कालाई उपचारका लागि जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लगिएको छ ।

बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्न डोल्पा जान भनेर घरबाट निस्किका खड्का हिमपहिरोमा परेका थिए । खड्कासँगै गएका रामचन्द्र रोकाय सामान्य घाइते भएका छन् । खड्काको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ