arrow

आईपीएल रोमाञ्चक मोडमा, एक स्थानका लगि चार टोलीको भिडन्त

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
ipl-cricket.jpg

काठमाडौं। भारतमा जारी ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा मुम्बई ईण्डियन्स प्लेअफमा पुग्ने तेस्रो टोली भएको छ । यसअघि चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सले आफ्नो स्थान पक्का गरिसकेका छन्।

सुपर ओभरमा गएको खेलमा मुम्बईले सनराईजर्स हैदरावादलाई पराजित गर्दै प्लेअफमा स्थान निश्चित गरेको हो । निर्धारित २०-२० ओभरको खेलमा दुवै टोलीले १ सय ६२ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको थियो।

हैदराबादले १ ओभरमा ९ रनको लक्ष्य दिए पछि उक्त लक्ष्य मुम्बईले ३ बलमा पुरा गर्दै बिजयी भएको थियो।

मुम्बईका लगि क्वान्टन डि’ककले ६९ रन बनाएका थिए भने हेदरावादका मनिष पाण्डेले ७१ रनको योगदान दिएका थिए।

तीन टोलीले पक्का गरेको प्लेअफमा अब १ स्थानका लागि ४ टोलीको प्रतिस्पर्धा रहेको छ। भारतीय कप्तान बिराट कोहलीको रोयल च्यालेन्जर्स बेंगलोर प्रतियोगीताबाट बाहिरी सकेको छ।

सनराईजर्स हैदरावाद, कोलकाता नाईटराईडर्स, राजस्थान रोयल्स, किंग्स ईलेवन पञ्जाब मध्य एक टोली माथि उक्लिने छ।

हैदरावाद र राजस्थानले १३ खेल खेलिसकेका छन् भने कोलकाता र पञ्जाबले १२ खेल मात्र खेलेका छन्। हैदरावादको १२ अंक रहेको छ भने राजस्थानको ११ अंक रहेको छ।

१२ खेल मात्र खेलेका कोलकाता र पञ्जाबको १०-१० अंक रहेको छ। समुह चरणमा कुल १४ खेल खेल्नु पर्नेमा कोलकाता र पञ्जाबको १-१ खेल मात्र बाँकी रहेको छ।

कोलकाता र पञ्जाबले १३ औं खेल एकअर्का बिरुद्ध खेल्नेछन्। पञ्जाबले अन्तिम खेल चेन्नईसँग खेल्ने छ भने कोलकाताले मुम्बईको समाना गर्नेछ।  

राजस्थानले दिल्लीसँग आफ्नो अन्तिम खेल खेल्दा हैदरावादले बेंग्लोरको सामना गर्नेछ। १२ अंक रहेको हैदरावादले जितेमा प्लेअफमा पुग्ने संभावना रहनेछ । त्यसैगरि कोलकाता र पञ्जाबले पनि २ खेल जितेमा प्लेअफको संभावना जिवित रहनेछ । कोलकाता र पञ्जाबको खेलमा बिजयी हुने टोलीको प्लेअफमा पुग्ने संभावना बढेर जानेछ ।  

एक खेल खेल्न बाँकि रहेको राजस्थानले भने आफु बिजयी भए पनि अरुको केलको नतिजा कुर्नु पर्ने हुन्छ । १३ खेलमा ११ हंक रहेको राजस्थानले आफ्नो अन्तिम खेल दिल्लीसँग खेल्नु पर्नेछ ।

आईपीएलको समुह चरणका अन्तिम केलहरु रोमाञ्चक हुनेछन्। सिधा जित देखि गणितीय हिसाब किताब हुने हुनाले पनि १ स्थानका लागि ४ टोलीको भिडन्त हेर्न लायक हुनेछ ।

माथि सक्लीईसकेका तीन टोलीले पनि पहिलो-दोस्रो स्थानका लागि खेल्नेछन्। यस्ले गर्दा प्रतिस्पर्धा अन्तिम खेलसम्म जारी रहनेछ ।

पहिलो र दोस्रो हुने टोलीले क्वालीफायर खेल्नेछन् भने तेस्रो र चौथो हुने टोलीले ईलिमिनेटर खेल्नेछन्।

क्वालिफायरमा पराजित टोलीले ईलिमिनेटरको बिजयी टोलीसँग फाईनल प्रवेशका लागि केल्ने हुनाले पनि स्थानको महत्व रहनेछ। पहिलो वा दोस्रो हुने टोलीले फाईनल प्रवेशका लागि एक मौका बढि पाउने हुनाले पनि सबै टोली अन्तिम खेलसम्म बिजयीका लागि खेल्नेछन्।

पहिलो स्थानमा रहेको चेन्नईको १३ खेलमा १८ अंक रहेको छ भने दिलली र मुम्बईको १३ खेलमा १६-१६ अंक रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ