arrow

आर्सनल बिजयी हुँदा चेल्सीले बराबरीमा चित्त बुझायो

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
arsenal-fa.jpg

एजेन्सी। युरोपा लिगको सेमीफाईनल केलको पहिलो लेग(चरण)मा ईङ्लिस टोली आर्सनल बिजयी भएको छ भने अर्को ईङ्लिश टोली चेल्सीले बराबरी नतिजामा चित्त बुझाउनु परेको छ।

आर्सनलले स्पेनी टोली भ्यालेन्सियलाई आफ्नो घरेलु मैदानमा ३-१ गोलले पराजित गर्दै पहिलो लेगमा बिजयी भएको हो। उसका लागि एलेक्जेण्डर लाकाजाटेले २ गोल गरेका थिए भने एम्रिक अबुम्याङले १ गोल गरेका थिए।

खेलमा पहिलो गोल भ्यालेन्सियाले गरेको थियो। खेलको ११औं मिनेटमा भ्यालेन्सियाका मुक्तर दिखाबीले गोल गरेका थिए। जवाफमा आर्सनलका लाकाजाटेले १८औं र २६औं मिनेटमा गोल गरेका थिए भने ९०औं मिनेटमा अबुम्यङले गोल गरेका थिए।

चेल्सी बराबरी

चेल्सीले जर्मन क्लब ईन्टराक फ्रान्कफर्टलाई उसको घरेलु मैदानमा १-१ गोलको नतिजा निकालेको हो। प्रान्कफर्टका लुका जोविचले ११औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने त्यस्को जवाफ चेल्सीका पेद्रो रोड्रिगेजले ४५औं मिनेटमा गोल गर्दै दिएका थिए।

भ्यालेन्सीयाको घरेलु मैदानमा आर्सनलले आफ्नो जित बचाईराख्न सक्छ वा सक्दैन हेर्न लायक हुनेछ भने चेल्सीले आफ्नो घरेलु मैदानमा कस्तो नतिजा निकाल्छ त्यस्मा कुन टोली फाईनल पुग्ने निश्चित हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ