arrow

भारतमा आकाशियो टमाटरको मुल्य, एकै साता ४५ भारु बढ्यो

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
tamato.jpg

भारत । भारतमा टमाटरको मुल्य एक साता भित्र ४५ भारतीय रुपैयाँ बढेको छ । भान्छामा अत्यधिक प्रयोग हुने टमाटरको मुल्य एकाएक आकाशिएपछि आम नागरिकको भान्छा नै महङ्गो भएको अधिकारीहरूले बताएका छन् ।

पछिल्ला केही दिन टमाटरको प्रतिकिलोको मुल्य ५० देखि ६० भारतीय रुपैँया रहेको व्यापारीहरूको भनाई छ । उनीहरुले गत साता टमाटरको मूल्य प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म रहेको जनाएका छन् ।

कर्नाटकको स्थानीय उत्पादन घटेकाले टाढाबाट ल्याउदा मुल्य बढेको बताइएको छ । स्थानीय एक वासिम पस्चानले भने, “कर्नाटकमा टमाटर नै उत्पादन भएको छैन, अहिले बजारमा आएको सवै महाराष्ट्रको नासिकबाट ल्याइएको हो, त्यसैले महङ्गो पर्न गएको हो ।”  

“तरकारीको मूल्य, त्यसमा पनि विषेशगरेर टमाटरको मुल्य अत्यधिकमाथि पुगेको छ । गत हप्ता मात्रै प्रतिकिलो टमाटरको मूल्य १० देखि १५ रुपैयाँ मात्रै थियो,” टमाटर बेच्ने एक व्यापारी नाइम पाशाले भने ।

उनका अनुसार कर्नाटकमा भिषण बर्षा भएपछि यहाँको टमाटरमा क्षति पुगेको र नाशिकबाट टमाटर ल्याउनु परेकाले मुल्य आकाशिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ