arrow

बेलायती राजकुमार ह्यारी नेपालमा, आजै प्रधानमन्त्रीलाई भेट्ने

logo
प्रकाशित २०७२ चैत ६ शनिबार
harry_3596999b.jpg.jpeg
काठमाडौ । पाँचदिने नेपाल भ्रमणको लागि बेलायती राजकुमार ह्यारी काठमाडौं सनिवार दिउसो २: ४०नेपाल अवतरण गरेका छन् । उनी कतार एयरवेजको विमानबाट निर्धारित समय भन्दा आधा घन्टा अघि नै त्रिभुवन विमानस्थल अवतरण गरेका हुन् ।
 
ह्यारीले नेपाल बसाईको क्रममा काठमाडौ, पोखरा, बर्दियाका बिभिन्न भागहरु तथा पुरातात्विक सम्पदाहरुको समेत अवलोकन बताइएको छ । ह्यारीको साथमा बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायर पनि रहेको बताइएको छ ।
 
आजै अपरान्न ५ बजे प्रधानमन्त्री केपी ओलीलाई र भोली राष्ट्रपतिलाई औपचारिक रुपमा भेट्ने कार्यक्रम रहेको छ । आजै नेपाल र बेलायतको कुटनैतिक सम्बन्ध स्थापना भएको २०० बर्ष पुगेको अवसरमा परराष्ट्रमन्त्रीले आयोजित कार्यक्रममा समेत सहभागि हुनेछन् ।
 
ह्यारी भक्तपुर पुगेर बेलायती सहयोग नियोग डिएफआइडीको सहयोगमा निर्मित नेपाल रेडक्रसको आपत्कालीन उद्धार तथा आपूर्ति स्थलको अवलोकन गर्नेछन् । 
 
भक्तपुरस्थित २५० जना भूकम्पपीडितलाई अस्थायी रूपमा बस्ने व्यवस्था मिलाइएको क्याम्पको पनि उनले अवलोकन गर्ने कार्यक्रम छ । चैत ८ गते ह्यारी बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणमा जानेछन् ।
 
ह्यारीले खौराहा खोलामा र्‌याफ्टिङ् गर्नेछन् भने जंगलमा दूरवीनबाट बाघलगायत जीवजन्तु हेर्नेछन् । यस्तै उनले पोखरास्थित भूकम्पपीडित बेलायती गोर्खा सैनिकका परिवारलाई भेट्नेछन् । त्यसपछि उनी पोखराबाट उत्तरतर्फ ट्रेकिङमा सहभागी हुने कार्यक्रम छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ