arrow

उडिसा छाडेर उकालो लाग्यो फोनी, अब जान्छ कता ?

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
fonny-chakrapat1.JPG

काठमाडौं । भारतको उडिसाबाट सुरु भएको विनासकारी फोनी चक्रपातको असर नेपालमा पनि परिरहेको छ । विशेषगरी उच्च हिमाली भेगमा यसको असरले हिमपात पर्ने भन्दै सरकारले समेत सो क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । 

चक्रवाती ‘फोनी’ तूफान शुक्रबार उडिसाको तटवर्ती इलाकबाट अहिले उत्तर तर्फ उकालो लागेको छ । सो क्षेत्रमा यतिबेला भीषण वर्षा भईरहेको छ । मौसम विभागका अनुसार, चक्रवाती तूफान फोनीको असर उडिसाको करिब दश हजार गाउँहरुमा परेको छ । उडिसाका मुख्यमन्त्री नवीन पटनायकले उद्दारको लागि रिलिफ क्याम्प तयार पार्ने भन्दै अहिले घर बाहिर ननिस्कन आग्रह गरेका छन् । 

उडिसाको तटबाट सुरु भएको सो तुफान यतिबेला १७५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा घुमिरहेको छ । कैयौं इलाकामा यसको असरले वर्षा पनि भइरहेको छ । फोनी तूफान अहिले पश्चिम बंगालमा पुगेको भारतीय मौसम विभागले जनाएको छ । यसको असर नेपालको समेत पूर्वी भेगमा पर्ने देखिएको छ । 

चक्रवात ‘फानी’का कारण  नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा हुने देखिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म देखिएको छैन ।

यद्यपि यसको प्रभावबाट नेपालको पूर्वी र मध्यक्षेत्रमा आज र भोलि हावाहुरीसहित हल्कादेखि भारी वर्षा हुने महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिए । हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना देखिएकाले त्यहाँका बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ