arrow

टि-२० पुरुष क्रिकेटमा नेपाल ११औं स्थानमा , पाकिस्तान पहिलो

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
Cricket_Nep_Zim1.jpg

काठमाडौं। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पुरुष टि-२० क्रिकेटको बरियता सार्वजनिक गरेको छ। बरियतामा नेपाल २ सय १२ अंकका साथ  ११औं स्थानमा रहेको छ।

नेपालले आईसीसीको पुर्ण सदस्य राष्ट्र जिम्बाब्वे र आयरल्याईण्डलाई पछि पारेको छ। जिम्बाब्वे १ सय ९२ हंकका साथ १३औं स्थानमा रहेको छ भने आयरल्याण्ड १ सय ८२ अंक सहित १५औं स्थानमा रहेको छ। नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्रहरु भन्दा आफ्नो बरियता माथि पार्नु नेपाली क्रिकेटको भविष्यका लागि शुभ संकेत हो।

एकदिवसीय अन्तराष्ट्रीयको मान्यता पाएको नेपाल टि-२० क्रिकेटमा बरियतामा माथि उक्लिनुले नेपाली क्रिकेट प्रगती पथमा अगाडी बढेको स्पष्ट संकेत गर्दछ।

नेपाली क्रिकेटको आन्तरिक बिवादले नेपाल क्रिकेट संघ बिगत ३ बर्षदेखि निलम्बनमा रहेको छ। निलम्बनमा रहेको अवस्थामा पनि खेलाडीहरुले आफ्नो बलबुतामा नेपाली क्रिकेटको साख जोगाईरहेका छन्। यसरी अनिश्चित भविष्य रहेको क्रिकेट संघको अनुपस्थितीमा पनि क्रिकेटमा सफलताहरु हात पार्नु चानचुने उपलब्धी पक्कै होईन। तर कति समयसम्म कप्तान पारस र टोलीले नेपाली क्रिकेटको साख बचाईरहलान, यो सोचनिय बिषय हो।

टि-२० क्रिकेटको बिश्व बरियतामा पाकिस्तान पहिलो स्थानमा रहेको छ। २ सय ८६ अंक सहित पाकिस्तान पहिलो स्थानमा रहेको छ भने २ सय ६२ अंक सहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ। २ सय ६१ अंक सहित तेस्रो र चौथो स्थानमा ईङल्याण्ड र अष्ट्रेलिया रहेका छन्।

भारत पाँचौं स्थानमा रहेको छ। भारतको २ सय ६० अंक रहेको छ। न्युजिल्याण्ड, अफगानिस्तान, श्रिलंका, विन्डिज र बंगलादेश क्रमश: छैठौं , सातौं, आठौं, नवौं र दशौं स्थानमा रहेका छन्। पछिल्लो टि-२० विश्वकप बिजेता विन्डिज ९औं स्थानमा रहनुले पनि टि-२० क्रिकेटमा उतार-चढाव सामान्य मान्न सकिन्छ।

आईसीसीले ८० सदस्य राष्ट्रको बरियता सार्वजनिक गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ