arrow

चार्जिङ स्टेशन निर्माणका लागि प्रस्ताव आह्वान

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
charging-station.jpg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गर्नका लागि सार्वजनिकरुपमा नै प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले काठमाडौँ उपत्यकाभित्र पहिलो चरणमा चार्जिङ स्टशेन निर्माणका लागि आज सार्वजनिकरुपमा प्रस्ताव आह्वान गरेको हो ।

पछिल्लो समय वातावरण विभागको संयोजनमा काठमाडौँ उपत्यकाका सात स्थानमा स्टेशन निर्माणको काम शुरु भइरहेको छ । विभाग र साझा यातायातको पहलमा त्यस्ता स्टेशन निर्माण गर्न लागिएको हो ।

सरकारले विद्युतीय परिवहनको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सन्दर्भमा प्राधिकरणले चार्जिङ स्टशेन निर्माणको पहल गरेको हो । प्राधिकरणले आज एक सूचना प्रकाशित गरी त्यस्ता स्टेशन निर्माणका लागि आवश्यक प्रस्ताव माग गरेको हो ।

काठमाडौँ उपत्यकमा सबै प्रकारका विद्युतीय सवारी साधनलाई सार्वजनिक सिडसी बुस्ट चार्जिङमार्फत द्रुत गतिमा चार्ज गर्ने संरचना निर्माण गर्न सूचना प्रकाशित गरेको छ । प्राधिकरणले त्यस्ता स्टेशन निर्माणका लागि मानिसको आवागमन भइरहने, सही पहुँच भएका र आवश्यक स्थान उपलब्ध हुने सार्वजनिक क्षेत्रहरु व्यापारिक भवन, सुपर मार्केट सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, अस्पताल, होटल तथा अन्य उपयुक्त क्षेत्र हुनसक्ने जनाएको छ । प्राधिकरणको सम्पूर्ण लागत निर्माण तथा सञ्चालन हुने त्यस्ता स्टशेनमा कम्तीमा ५० वटा सवारी साधन पार्किङ गर्न मिल्ने जग्गा जरुरी पर्ने सूचनामा उल्लेख छ ।

एकपटकका तीन वटासम्म विद्युतीय सवारी चार्ज गर्नका लागि डेडिकेडेट पार्किङ क्षेत्र उपलब्ध गराउन चाहने संस्थाले आवेदन दिन सक्ने प्राधिकरणको सूचनामा जनाइएको छ । प्राधिकरणले ऊर्जा, दक्षता तथा चुहावट नियन्त्रण विभागमा आवेदन दिन आग्रह गरेको छ । सरकारले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रमुख प्राथमिकतामा राखेको तथा सोहीसम्बन्धी नीतिलाई समेत अगाडि बढाएको सन्दर्भमा प्राधिकरणले चार्जिङ स्टेशन खडा गर्न लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ