arrow

‘नेपालको पानी, जनताको लगानी’ लाई प्रभावकारी बनाइने

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
Pro_Ktm_Samsad_President_(11).jpg

काठमाडौँ । ‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिने भएको छ । सङ्घीय संसद्को शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७६-७७ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुराको जानकारी गराएकी हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुन २ गतेदेखि नै सो कार्यक्रम शुरु गरिसकेको छ । आम नेपालीको लगानीमा ऊर्जा उत्पादनलाई बढावा दिन त्यस्तो कार्यक्रम अगाडि सारिएको हो ।

 सो कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली थ्री बी, रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री गरी सकिएको  छ । तीमध्ये रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको बिहीबार मात्रै साधारण शेयर बाँडफाँटसमेत गरिसकिएको छ ।

यस्तै आगामी आवभित्रै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने राष्ट्रपति भण्डारीले बताउनुभयो । हाल सो आयोजनाको कूल भौतिक प्रगति ९८ प्रतिशत भएको छ ।

सबै नेपालीलाई स्वच्छ ऊर्जा पुर्‍याउन सरकारका तर्फबाट प्रभावकारी कार्यक्रम अगाडि सारिने भएको छ । सरकारको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गरी थप सहज बनाउने सरकारको लक्ष्य रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ