arrow

प्रीति शोकमा हुँदा शाहरुख खुशी

आइपीएलमा कोलकाताले पंजाबलाई ७ विकेटले हरायो 

logo
प्रकाशित २०७६ वैशाख २१ शनिबार
preety.jpg

काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्सले शुक्रबार राति किंगस ११ पंजाबलाई हराएको छ । 

चन्डिगढमा भएको खेलमा कोलकाता ७ विकेटले विजयी भएको हो । खेलमा पहिले ब्याटिङ गरेको बलिउड अभिनेत्री प्रीति जिन्टाको लगानीको बंजाबले ६ विकेटको नोक्सानीमा १८३ रन बनायो । 

साम कुरानले २४ बलमा नटआउट ५५ रन बनाए । निकोलस पूरनले २७ बलमा ४८ रन बनाए । 

सन्दीप वारियरले २ विकेट लिए । जवाफमा बलिउड अभिनेता शाहरुख खानको कोलकाताले १८ ओभरमा ३ विकेटको नोक्सानीमा जित पायो । 

शुभमान गिलले ४९ बलमा नटआउट ६५ रन बनाए । क्रिस लिनले २२ बलमा नटआउट ४६ रन बनाए । 

यो जितले कोलकाताको प्लेअफ पुग्ने सम्भावना अझै जिवितै छ भने पंजाब बाहिरिइसकेको छ ।

कोलकाताको १२ अंक भएको छ । पंजाबको १० अंक मात्र छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ