arrow

आइपिएलमा शनिबारदेखि अन्तिम चरण, यस्तो छ समीकरण 

logo
प्रकाशित २०७६ वैशाख २१ शनिबार
ipl.jpg

काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटमा शनिबारदेखि अन्तिम चरणका खेलहरु हुँदैछन् । यही अन्तिम चरणबाट क्वालिफायर र इलिमिनेटर टिमको छनोट हुनेछ । 

आठ मध्ये चार टिम बाहिरिँदा चार टिम उपाधिका लागि प्लेअफमा पुग्नेछन् । 

अहिलेसम्मको अंक तालिका अनुसार चेन्नाई सुपर किंगस १८ अंकसहित क्वालिफायरमा पुगिसकेको छ । मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको समान १६–१६ अंक भएकामा अबको खेलमा जसले जित्छ त्यो क्वालिफायरमा पुग्नेछ भने हार्ने टिम प्लेअफमै सीमित हुनेछ । 

प्लेअफमा पुग्न अब सनराइजर्स हैदरावाद, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्समध्ये एक टिमबीच प्रतिस्पर्धा छ । हैदरावाद र कोलकाताको १२–१२ अंक छ भने राजस्थानको ११ अंक छ । 

१० अंकको पंजाब र ९ अंकको बैंगलोर बाहिरिइसकेका छन् । 

अन्तिम चरणको भिडन्त यस्तो छ –
शनिबार ४ः१५ बजे – दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स
शनिबार ८ः१५ बजे – रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद
आइतबार ४ः१५ बजे – किंगस ११ पंजाब र चेन्नाई सुपर किंगस
आइतबार ८ः१५ बजे मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ