arrow

राजकुमार ह्यारीको बर्दिया भ्रमणः यस्तो छ तालिका

logo
यादव आचार्य,
प्रकाशित २०७२ चैत ६ शनिबार
prince-harry-sma-07nov14.jpg.jpeg
बर्दिया। नेपाल वेलायत कुटनितिक सम्वन्ध स्थापनाको दुई सय वर्ष पुरा भएको अवसरमा आपसी सम्वन्ध सुदृढ पार्न शनिवार दिउँसो काठमांडौ आईपुगेका वेलायती राजकुमार हेनरी चाल्र्स अलवर्ट (ह्यारी) सोमवार बर्दियाको पर्यटकिय क्षेत्रको भ्रमण गर्ने भएका छन् ।
 
बेलायती महारानीको प्रतिनिधिको रुपमा ५ दिने औपचारिक भ्रमणमा नेपाल आएका ह्यारीको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन भ्रमणको तालिका वेलायती राजदुतावासबाट तय भएको हो ।
 
सोमवार विहान १० बजे बर्दिया राष्ट्रिय निकुञ्ज भित्र रहेको गैंडा मचान नजिकै हेलीकोप्टर अवतरणका लागि हेलीप्याड निर्माण भैसकेको छ । राजकुमारले करिव १ देखि साढे १ घण्टा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रको खौराहा खोलामा र्याफ्टिङ्ग गरिसकेपछि गाडीमा जंगल ड्राईभ गर्ने कार्यक्रम रहेको जनाईएको छ । 
 
निकुञ्ज क्षेत्रभित्र ह्यारीले चाहेको स्थानहरुमा अवलोकन गराउन निकुञ्जले तयारी गरेको छ । निकुञ्ज अवलोकन पश्चात सूर्यपटुवा गाविसको डल्लामा रहेको जैविकमार्ग थारु होमस्टे जाने कार्यक्रम रहेको छ । होमस्टेमा केही वेर थारुनाच र सँस्कृति अवलोकन पछि निकुञ्जमा रहेको नेपाली सेनाको व्यारेकमा ब्रिफिङ्ग गरी राजकुमार सोही दिन फर्किने कार्यक्रम रहेको श्रोतले जनाएको छ ।
 
राजकुमारले प्याक लन्च खाने वुझिएको छ । बर्दिया निकुञ्ज अवलोकनका क्रममा व्यापक विदेशी पत्रकारहरु आउने जनाईएको छ । राजकुमारको साथमा रहनेहरुको सूची वेलायती राजदुतावासले नै तयार गरेको वताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ