arrow

रफ्तारमा उत्तरपश्चिम जाँदैछ फानी, ८ को मृत्यु १६० घाइते

logo
प्रकाशित २०७६ वैशाख २१ शनिबार
cyclone.jpg

काठमाडौं । भारतमा आएको फानी चक्रवात शनिबार बिहान पश्चिम बंगाल पुगेको छ । भारतीय मौसम विभागका अनुसार फानी बंगालको खड्गपुर पार गरिसकेको छ । 

Fani Cyclonic Storm Armed Forces Alert Odisha news and updates

यसको रफ्तार ९० किलोमिटर प्रतिघण्टा रहेको छ । यो उत्तरपश्चिम दिशातिर अगाडि बढिरहेको आशंका गरिरहेको छ । 

यो चक्रवातले शुक्रबार ओडिशामा ८ जनाको मृत्यु भएको थियो भने १६० भन्दा बढी घाइते भएका छन् । 

Fani Cyclonic Storm Armed Forces Alert Odisha news and updates

गृहमन्त्रालयले पठाएको रिपोर्टअनुसार ओडिशाको चार जिल्ला कटक, खुर्दा, भुवनेश्वर र पुरी बढी प्रभावित भएका छन् । 

यसले भौतिक सम्पत्ति धेरै नै नोक्सान गरेको छ । तटीय क्षेत्रमा नोक्सानीको यकिन विवरण नै आउन सकेको छैन । 

अब भारतबाट फानी बंगलादेशतिर गइरहेको छ । बंगलादेशमा पनि सचेत गराइसकिएको छ । बंगलादेशमा २५ लाख मानिसलाई सुरक्षित स्थानमा सारिँदैछ । चार लाखलाई सारिसकिएको छ । 

फानीका कारण नेपालमा पनि हावाहुरीसहितको वर्षा भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ