arrow

के निर्णय गर्यो पोखरामा सम्पन्न ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको कार्यशाला गोष्ठीले ?

logo
प्रकाशित २०७६ वैशाख २१ शनिबार
trade-union-gandaki.jpg

पोखरा । नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशले प्रदेश स्तरीय संगठन सुदृढीकरण तथा क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी पोखरामा सम्पन्न गरेको छ । 

कार्यशाला गोष्ठीको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले नेपालको हरेक राजनीतिक परिवर्तनमा नेपाली श्रमिकहरुको अतुलनीय योगदान रहे पनि श्रमिकको समस्या जहाँको त्यही रहेकोले संगठनलाई सुदृढीकरण गरि आवाज बुलन्द बनाउनु पर्ने बताए । 

उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले राज्यको पुनर्संरचनासंगै नियम कानुन र ऐनहरुसमेत परिवर्तन भएकोले ट्रेड युनियनकर्मीहरु जानकार हुन आवश्यक रहेकोले कार्यशाला गोष्ठी आयोजना गरेको बताए । 

उपमहासचिव ईश्वर परियारले जुनसुकै तन्त्र आए पनि श्रमिकको समस्या उही रहेको बताए । कार्यक्रममा केन्द्रीय सदस्य दुर्गादत्त आचार्य,जित बहादुर गुरुङ , महिला समिती उपाध्यक्ष शकुन्तला शर्मा, नाई संघका वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुर, काउनका महासचिव प्रदिप आचार्य, कास्की जिल्ला अध्यक्ष बिजयराज भन्डारी, निवर्तमान अध्यक्ष कुलदेवी बराल लगायतले श्रमिकको हक अधिकार सुनिश्चित गर्न संगठनलाई चुस्त र सशक्त बनाउनु पर्ने बताए ।

गण्डकी प्रदेश भित्रका जिल्ला अध्यक्षहरु, आबद्ध संघका पदाधिकारीहरु र प्रदेश स्तरिय नेतृत्वलाई उपाध्यक्ष तेजेन्द्र कार्कीले योगदानमा आधारित सामाजिक सुरक्षा, ट्रेड युनियन कांग्रेसको कार्यदिशा लगाएत श्रम कानुन र उपमहासचिव ईश्वर परियारले संगठन सुदृढीकरणबारे प्रशिक्षण दिएका थिए । कार्यक्रम गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ