arrow

ट्रेड युनियन कांग्रेस प्रदेश ५ को विस्तारित बैठकले गर्यो यस्तो निर्णय

logo
प्रकाशित २०७६ वैशाख २१ शनिबार
trade-union-congress-5.jpg

नेपालगन्ज । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश ५ को विस्तारित बैठक तथा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै कांग्रेस बाँके जिल्ला सभापति किरण कोइरालाले बलियो संगठन भएमात्र श्रमिकलाई हक अधिकार प्राप्त हुने हुँदा तल्लो तहसम्म ट्रेड युनियन कांग्रेसको संगठन विस्तार गर्न पार्टीको सहयोग हुने बताए ।

ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय कुमार राईले वर्तमान सरकार श्रमिक विरोधी भएकै कारण सिन्डिकेटको नाममा स्वरोजगार यातायात श्रमिकहरुको रोजगारी खोसिएको आरोप लगाए । साथै श्रमिकको हक अधिकार दिलाउन संगठन अझै मजबुत बनाएर लैजानु पर्ने धारणा राखे । 

अर्का उपाध्यक्ष ललित श्रेष्ठले अनौपचारिक क्षेत्रका श्रमिक समस्या नै समस्याले घेरिएको बताउँदै महासंघ गम्भीर हुनु पर्ने बताए । कार्यक्रममा उपमहासचिव राधिका खनाल, केन्द्रीय सदस्य विरेन्द्र शाह, चन्दन झा, सीता काफ्ले, केशव केसी र कारखाना श्रमिक संघका अध्यक्ष अमृतलाल जोशी लगायत उपस्थित थिए ।

प्रदेश ५ भित्रका जिल्ला अध्यक्षहरु लगायत प्रदेश स्तरीय नेतृत्वहरुलाई ट्रेड युनियन कांग्रेसका उपमहासचिव गणेश केसीले योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम कानुन, न्युनतम पारिश्रमिक र स्थानीय तहमा संगठन विस्तारबारे प्रशिक्षण दिएका थिए ।

प्रदेश ५ को बैठक सम्पन्न
नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश ५ को विस्तारित बैठक विविध निर्णयहरु गरि सम्पन्न भएका छन् । बैठकले तत्काल प्रशिक्षण प्रशिक्षक तालीमको आयोजना गर्ने, भदौ मसान्तसम्म सबै स्थानीय तहमा ट्रेड युनियनको संरचना गठन गर्ने, महिला क्षमता अभिवृद्धि कार्यक्रम गर्नुकासाथै प्रदेश समितिमा पुष्पनन्द गिरि र कोमा राउतलाई सदस्यमा, दीर्घ केसी, सुशीला सुवेदी, शारदा रायमाझी र नन्दकिशोर शुक्लालाई सल्लाहकारमा मनोनीत गरेको प्रदेश अध्यक्ष मुकुन्द अधिकारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ