arrow

पहिलो ५जी टीभी ल्याउँदै हुवावेई

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख २१ शनिबार
Huawei-HQ.jpg

काठमाडौं । चिनयाँ दूरसञ्चार कम्पनी हुवावेईले विश्वको पहिलो ५जी प्रविधिको टेलिभिजन ल्याउने भएको छ । कम्पनी अहिले उक्त टेलिभिजन सार्वजनिक गर्ने तयारी गरेको हो । 

समाचारमा बताइएअनुसार हुवावेई यो टीभीको माध्यमबाट सामसुङ र एप्पलजस्ता कम्पनीलाई चुनौती दिन उक्त टीभी ल्याउने तयारी गरिएको हो । हालसालै कम्पनीले ५जी प्रविधिको स्मार्टफोन सार्वजनिक गरेको थियो । त्यसको २ दिनपछि नै हुवावेईले आफ्नो पहिलो ५जी स्मर्टफोन मेट एक्स सार्वजनिक गरेको हो । 

निक्की एशियन रिभ्युको एक प्रतिवेदन अनुसार यो टेलिचिजन डिस्प्ले ८के रेजुलेशन सपोर्ट गर्नेछ । यसमा भर्चुअल रियालिटी (भीआर) कन्टेन्टका साथै हेभी रेजुलोसन पनि रहनेछ । 

प्रतिवेदनअनुसार टीभीमा केही यस्ता फिचर्सको पनि प्रयोग गरिनेछ, जुन पहिलोपटक टीभीमा आउँदैछ । यसले स्मार्ट होम अप्लायन्सलाई पनि सपोर्ट गर्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ