arrow

दोलखामा तीर्थ यात्री बोकेको बस दुर्घटना, १५ घाईते

logo
प्रकाशित २०७२ चैत ६ शनिबार
dolakha-bus-accident.jpg.jpeg
दोलखा। भीमेश्वर दर्शनको लागि ललितपुरको बडिखेलबाट आएका तीर्थयात्री बोकेको बा १ ख ६६३३ नम्बरको बस दोलखा भीमेश्वर नगरपालीका वडा नम्बर २ बनटोपर स्थित भीमेश्वर मन्दिर नजिक दुर्घटना हुदा १५ जना घाईते भएका छन् । 
 
दुर्घटनामा परी बडिखेलका गोमा नगरकोटी, मनिका तमाङ, चार बर्षको बालिका नुमा तमाङ, सात बर्षको बालिका एरिना गुरुङ लगाएत घाईते भएको र घाईते सबैको अवस्था सामान्य नै रहेको दुर्घटनाग्रस्त बसको तीर्थयात्री पञ्चमाया तमाङले बताउनु भयो । खाना खाने कुरामा बस चालकसंग विवाद भएको र चालकले रिसाएर बस चलाउदा दुर्घटना भएको तीर्थयात्रीहरुले बताएका छन् । ललितपुर बडिखेलबाट भीमेश्वर दर्शनको लागि दुई वटा बसमा ६५ जना तीर्थयात्री आएको पञ्चमायाले बताउनु भयो । 
 
दुर्घटना भएको बसको चालक फरार भएको र दुर्घटनाको बारे छानविन भै रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले बताउनु भयो । घाईतेहरुको उपचार दोलखा बजारमा रहेको गौरीशङ्कर अस्पतालमा भै रहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ