arrow

म काँग्रेसलाई समावेशी बनाउछु: सभापति देउवा

logo
प्रकाशित २०७२ चैत ६ शनिबार
Sher.jpg.jpeg
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसलाई महिला समावेशी बनाउने अठोट व्यक्त गरेका छन्।
 
नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा महिला केन्द्रीय सदस्यको सम्मानका लागि नेपाल महिला सङ्घले शनिबार आयोजना गरेको कार्यक्रममा सभापति देउवाले महिलालाई अझ सङ्गठित हुन आह्वान गरे।
 
उनले भने– “महिला सङ्घमा मधेसी, पहाडी, हिमाली सबै क्षेत्रका सबै समुदाय र वर्गका महिलालाई आकर्षित गर्नुहोस्, उहाँहरुलाई सक्दो न्यायपूर्ण जिम्मेवारी दिने विश्वास दिलाउँछु।”
 
महिलाले नेपालको परिवर्तनमा धेरै पटक सक्षमता देखाउँदै आएको स्मरण गर्दै सभापति देउवाले महिला सङ्घलाई एकमात्र प्रतिनिधिमूलक संस्था बनाउने काममा पूरा सहयोग हुने आश्वासन दिए।
 
महिलाले घर र राजनीतिक क्षेत्र गरी दोहोरो जिम्मेवारी पूरा गर्नुपर्ने हुँदाहुँदै पनि नथाकेर जिम्मेवारी बहन गरेको चर्चा गर्दै उनले अब दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्ने दिन धेरै नरहेको उल्लेख गरेकाछन्।
 
महामन्त्री डा शशाङ्क कोइरालाले नेपालमा राजनीतिक परिवर्तन भए पनि सामाजिक परिवर्तन पर्याप्त नभएकाले त्यसको नेतृत्व महिलाले गर्नुपर्नेमा जोड दिए। उनले सामाजिक रुपमा महिला नै पछाडि परेकाले सामाजिक परिवर्तन गर्ने अभियानको नेतृत्व महिला सङ्घले नै सुरु गर्नुपर्ने बताए।
 
कार्यक्रममा काँग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु अम्बिक बस्नेत, सीता गुरुङ, लक्ष्मी परियार र सुजाता परियारलगायत महिला केन्द्रीय सदस्यलाई सङ्घका अध्यक्ष तथा पार्टीकी नवनिर्वाचित केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले सम्मान गरेका थिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ