arrow

को बन्ला वारेन वफेटको उत्तराधिकारी, विल गेट्स सहित प्रतिस्पर्धामा छन् यी अनुहार

logo
प्रकाशित २०७६ वैशाख २१ शनिबार
Waren-boffot.jpg

काठमाडौं । बर्कशायर हाथवेका शेयरहोल्डरहरुको बैठक बस्दैछ । यस बैठकको सबैभन्दा महत्वपूर्ण एजेण्डा दिग्गज लगानीकर्ता एवं दुनियाँका सबैभन्दा धनी व्यक्तिहरु मध्येका एक ८८ वर्षीय वारेन बफेटद्वारा खडा गरिएको साम्राज्यको उत्तराधिकारी छान्नु हो । यस दौडमा विभिन्न व्यक्तिहरुले अहिले दावेदारी प्रस्तुत गरेका छन् । जसमा भारतीय मूलका अजित जैनको पनि नाम आएको छ । 

गाबेली एण्ड कम्पनीमा रिसर्च एनालिस्ट मेकरे सायकेस भन्छन्, 'वारेन बफेटको ठाउँ त कसैले पनि लिन सक्दैन ।' इन्वेस्टमेन्ट फर्म कीफेका प्रबन्ध निर्देशक मेयेर शील्ड्स भने यसबारेमा कम चिन्तित छन् । उनको दाबी छ कि 'बर्कशायर हाथवे वारेन बफेट बिना पनि चल्न सक्छ । अधिकतर कारोबार अहिले सिस्टममा चल्नथालिसकेको र ओनरशिपको एकदमै कम असर हुनथालेकोले उनको आवश्यकता अब खड्किँदैन।' यसलाई लगानीकर्ताहरुले कुनैपनि ठूलो उथलपुथलको सम्भावना देखेका छैनन् । किनकी बफेटले नेतृत्व परिवर्तनका लागि कदम उठाउन पहिले नै शुरू गरेका थिए । तर, उनले आफ्नो प्लानलाई सार्वजनिक मात्रै गरेका थिएनन् । 

चार सम्भावित उम्मेदवारहरुमा दुई प्रमुख दावेदारी ग्रेगरी एबेल (५७) र अजित जैन (६७) को छ । जसलाई पछिल्लो वर्ष बोर्ड अफ डायरेक्टर्समा बढुवा भएका थिए । यी दुबै एक सक्षम व्यवसायीहरु हुन् । यिनीहरुकै सहायतामा नै वारेन बफेटले कारोबारलाई विस्तार गर्न सफल भएका थिए । एबेलले कम्पनीलाई १९९२ मा इनर्जी डिविजनमा जोडिएका थिए । जबकि जैन कम्पनीमा १९८६ मा प्रवेश गरेका थिए । इन्श्योरेन्स डिविजनबाट जैनले काम सुरु गरेका थिए । उनी अहिले पनि यही ठाउँमा कार्यरत छन् । 

यसका अलावा प्रमुखको दौडमा टोड कम्ब्स (४८) र डेट वेचलर (५६) समेत सामेल छन् । जसले बफेट र उनलाई लामो समयसम्म व्यापार साझेदारको रुपमा सहयोग गरेका थिए । उनीहरुलाई चार्ल्स मुङ्गेर (९५) ले ग्रुपको लगानीलाई सम्हाल्नको लागि चुनेर ल्याएका थिए । शील्ड्सले भनेका छन् कि, 'अहिलेसम्म आधिकारिक रूपमा यसको घोषणा गरिएको छैन । तर मलाई लाग्छ कि ग्रेग एबेल या अजित जैन मध्ये एक जना उत्तराधिकारी बन्न सक्छन् ।' 

यो पनि सम्भावना छ कि कम्पनीको बोर्डका अरु कोही सदस्य वा बाहिरबाट पनि नेतृत्व खोज्न सकिन्छ । जसमा अर्बपति र माइक्रोसफ्टका फाउण्टर बिल गेट्स समेत सामेल छन् । यसमा ३५ वर्षका ब्रिट कूल समेत दाबेदार छन् । हावर्ड ग्र्याजुएट ब्रिट पछिल्लो १० सालदेखि बफेटको दायाँ हात जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालेर बसेका थिए ।  

बफेटले  कहिलै पनि आफ्नो बच्चालाई उत्तराधिकारी बनाउने कुरा गरेनन् । उनका तीन बच्चा सुसान, होवर्ड र पीटर च्यारिटी रहेका छन् ।  केवल होवर्ड मात्रै बार्कशायर हाथवेमा बोर्ड अफ डायरेक्टर्सको सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ