arrow

विश्वभर आफ्नो सैन्य बेस क्याम्प बनाउँदै चीन 

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख २१ शनिबार
china3.png

काठमाडौं । चीन लगातार तीव्र गतिमा आफ्नो युद्धको क्षमता बढाइरहेको छ । चीन परमाणु क्षमताका मिसाइल र युद्धक विमानका साथै साइबर वारफेयर र एन्टी स्याटेलाइट हतियारका साथै विश्वभर आफ्नो सैन्य क्याम्प पनि निर्माण गरिरहेको छ । 

यस्तो गर्नुको कारण आफ्नो शक्ति विस्तारको साथै आफ्नो अर्बौं डलरको वान बेल्ट वान रोड (ओबीओआर) पूर्वाधारको सुरक्षा गर्नु पनि रहेको छ ।  

अमेरिकी रक्षा मन्त्रालयले आफ्ना् प्रतिवेदनमा यस्तो उल्लेख गरेको हो । प्रतिवेदनमा चीनले दोस्रो मुलुकमा अतिरिक्त सैन्य बेस क्याम्प बनाउने तयारी गरेको उल्लेख छ । चीनले बनाइरहेको अतिरिक्त बेस क्याम्पको नीतिमा पाकिस्तान पनि सामेल भएको छ । साथै विदेशी सेना चीनको यो कार्य प्रणालीको हिस्सा बन्दै आएको छ । 

पेन्टागनका अनुसार सन् २०१७ मा चीनले हर्न अफ अफ्रिकाको डजीबाटीमा पहिलोपटक विदेशी सैन्य बेस बनाएको थियो । चीनका विमान पाकिस्तानको कराँचीमा रहने गरेका छन् । सैन्य बेस बनाउनका लागि चीनको लक्षित क्षेत्र पश्चिमी एसिया, दक्षिण–पूर्व एसिया र पश्चिमी प्यासिफिक क्षेत्र रहेको छ । 

चीनको सैन्य क्षमता बढाउनुको पछाडि ताइवान, दक्षिण र पूर्व चिनियाँ महासागरमा कुनै किसिमको अमेरिकी सैन्य हस्तक्षेप रोक्नुका साथै हिन्द महासागर क्षेत्र (आईओआर)मा ऊर्जा सप्लाई पनि सुरक्षित बनाउनु रहेको छ । 

एक विश्लेषकले चीनले भारतलाई कमजोर बनाउन पाकिस्तानको प्रयोग गरिरहेको बताए । पेन्टागनको रिपोर्टमा चीनले पाकिस्तानलाई करीब ५ अर्ब डलरभन्दा बढी हतियार बिक्री गरेको उल्लेख छ । भारत र चीनको बीचमा सन् २०१७ र २०१८ मा भारत र चीनको बीचमा तनाव देखिएको  थियो । 

प्रतिवेदनमा चीनले बढाइरहेको सैन्य क्षमता अनुसार उसले इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल्स (आईसीबीएम) हसिल गरिसकेको उल्लेख छ । यो चीनको परमाणु क्षमताको चरणमा महत्वपूर्ण सुधार रहेको मानिएको छ । त्यसका साथै चीनसँग ठूला युद्धपोत र ब्यालेस्टिक मिसाइल छन् । चीन अहिले परमाणु क्षमता सहितका हवाई ब्यालेस्टिक मिसाइल विकसित गर्नुका साथै परीक्षण पनि गर्ने विषयमा काम गरिहेको छ । 

चीन अहिले हाइपरसोनिक मिसाइल तयार पारिरहेको छ । यो ध्वनि र गतिभन्दा पाँच गुणा तीव्र गति हासिल गर्न सक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ