arrow

श्रीलंकाको संकटः पाकिस्तानले धमिलो पानीमा माछा मार्ने प्रयास गरेको आरोप

logo
प्रकाशित २०७६ वैशाख २२ आइतबार
srilanka-bomb-2019.jpg

काठमाडौं। श्रीलंका आतंककारी आक्रमणको कारण समस्यामा रहेको अवस्थामा सोहि घटनालाई आफ्नो रणनीतिक स्वार्थसंग जोडिएका प्रसङ्ग बाहिरिएका छ्न्। छद्म भेषका केहि संगठित व्यक्तिहरू घटनालाई अतिरञ्जित गर्न उद्यत भएको समेत पाइएको बताइएको छ। 

खासगरि चीरपरिचित प्रतिद्धन्दी भारत बिरूद्ध पाकिस्तानी संयन्त्र परिचालित भएको आशंका आंतककारी आक्रमण भएको श्रीलङ्कामा पनि गरिएको छ। प्रतिद्वन्द्वी भारत विरुद्ध पाकिस्तान आक्रमक रुपमा प्रस्तुत भएको श्रीलंकाली सञ्चार माध्यमले जनाएको छ। 

विशेषगरी पाकिस्तानबाट चल्ने टुईटर ह्याण्डलबाट भारत र श्रीलङ्काको सम्बन्धमा दरार उत्पन्न गराउने गरि षडयन्त्र भइरहेको बताइएको छ। त्यस्ता टुइटर ह्याण्डलबाट उनीहरुले भारतमाथि धेरै किसिमको आरोप लगाउँदै भारतको सेनामाथि समेत प्रहार गरेका छन्। त्यस्ता ह्याण्डलबाट द्विपक्षीय सम्बन्धलाई खलल पार्ने कुरा आउन थालेपछि भारतीय संस्थापन पक्ष पनि सचेत भएको बताइएको छ।

पाकिस्तान र भारतका उल्लेख्य नक्कली समाजिक सञ्जालका खाता बन्द गरिएको धेरै समय बित्न नपाउँदै ट्वीटरमा भ्रम फैलाउने मानिसको संख्या बढ्दो क्रममा देखिएपछि श्रीलङ्काले यसलाई पनि सुरक्षा चुनौतीको रूपमा लिएको छ। यसबारेमा श्रीलङ्का र भारतका अधिकारिहरुले परामर्श समेत गरेको बताइएको छ।

श्रीलङ्का बम आक्रमण पछि ट्वीटरमा भारतको बदनाम गराउन पाकिस्तान हुबैब नामका व्यक्ति श्रीलंकाका सैन्य कमाण्डर ब्रिगेडयर सम्रासिंघे बनेर सक्रिय रहेको समेत अनुसन्धानबाट खुलेको छ। उनले श्रीलंकामा भएको आक्रमणमा भारतको प्रत्यक्ष संलग्नता रहेको उल्लेख गरेका छन्। उक्त खाताबाट अबको दिनमा यस विषयमा भारतविरुद्ध कदम उठाइने पनि उल्लेख गरिएको छ। ट्वीटरले पनि यसको वास्तविक खाताको पहिचान गर्न सकेको छैन।

हुबैबले चलाउने सम्रासिंघे नामक सैन्य कमाण्डरको यो खातामा राखिएका बिषयले भारतीय अधिकारीहरूलाई समेत गम्भिर बनाएको बताइएको छ। यस बिषयमा थप अनुसन्धान गर्दा श्रीलंकाका नागरिकले खासै फलो नगरेको सो ट्वीटर खाता जस्तै अन्य फेक खाताबाट पनि भारतको विरुद्धमा प्रचार गरिएको पाइएको बताइएको छ। जसले यो खाताको ट्वीटलाई पनि रिट्वीट गरेका थिए। मिडिया रिपोर्टमा उल्लेख भए अनुसार यसले एउटा मात्र नभई एक समुहको नै सञ्जालबाट उक्त ट्वीट प्रेरित भएको देखिन्छ। 

अहिले श्रीलंका आफ्नो संकटबाट पार पाउन प्रयास गरिरहेको छ। यो अवस्थामा द्विदेशिय सम्बन्धमा खलल पार्नेगरि अर्को छिमेकी मुलुकबाट यस किसिमको काम हुनु राम्रो नभएको टिप्पणी स्वयं श्रीलङ्कामा छ। व्यक्तिगत वा संस्थागत जे भएपनि पाकिस्तानी भूमी प्रयोग भएर भएका हर्कतलाई कसैको दुःखमा पनि आफ्नो स्वार्थ साँध्ने मानसिकता मात्र भएको टिप्पणी भारत र श्रीलङ्काका रणनीतिकारहरूले गरेका छन्। यस बारेमा पाकिस्तानी अधिकारीहरुको धारणा भने सार्वजनिक भएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ