arrow

अमरेश सिंह भन्छन, ' प्रधानमन्त्री ओलीको चीन भ्रमण भारतको झै असफल हुन्छ '

logo
प्रकाशित २०७२ चैत ६ शनिबार
amresh-kumar-singh.jpg.jpeg
काठमाडौं। नेपाली राजनीतिको सदावहार चर्चामा रहने पात्र अमशेर सिंह फेरि एकपटक चर्चामा छन्। आफ्ना अभिव्यक्तिका कारण चर्चामा रहने सिंहले काँग्रेस महाधिवेशनमा डिजाइन अनुसारकै परिणाम आएको हाम्राकुरालाई बताएका थिए। परराष्ट्र सम्वन्धका अध्ययेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण कुनै पनि हिसावले सफल नहुने दावी गरेका छन्। सिंहसँगको कुराकानीको पहिलो खण्डमा नेपाली काँग्रेसको महाधिवेशनको विषयमा बढी केन्द्रीत भएर कुराकानी गरेका थियौ। दोस्रो भागमा भने नेपाल भारत सम्वन्ध र नेपालको अन्तराष्ट्रीय सम्वन्ध लगायतका बिषयमा कुराकानी भएको छ। प्रस्तुत छ सोहि अन्तर्वार्ताका सम्पादित अंशहरुः
 
प्रश्नः नेपाल भारत सम्बन्ध अब कसरी अगाढी बढ्छ त?
जवाफः नेपाल भारतको सम्बन्ध नेपाली काँग्रेसले नै सही सलामत राख्न सक्छ अरु पार्टीले सक्दैन्। अरु पार्टीको स्कुलीङ नै कस्तो छ भने बिशेषगरी कम्युनिष्ट पार्टीहरुको, त्यही मार्क्स, लेनिन, स्टालिन र भारतलाई गाली गरेर कम्युनिट पार्टीको स्थापना हुन्छ। उहाँहरुको स्कुलिङ नै त्यही छ। पार्टीको सदस्यता लिनासाथै भारत बिरोधी कुरा गर्नु एउटा गुण मानिन्छ। त्यस्ताले पार्टीको सदस्यता पाउँछ। भारत बिरोधी बनेर नै सदस्यता चालु हुन्छ। हाम्रो पार्टीको स्पष्ट धारणा बिपी कोईरालाको पालोदेखिनै के छ भने हामीले भारत र चाईनासँग राम्रो सम्बन्ध बनाएर राख्नु पर्छ। हाम्रो पार्टी त्यो पक्षमा छ। हाम्रो पार्टीले भारतसँग राम्रो सम्बन्ध बनाउन भुमिका निर्वाह गर्छ। भारतसँग राम्रो सम्बन्ध हुने बित्तिकै नेपाली जनताले जुन दुख पाईरहेको छ त्यो सबै हटेर जान्छ। 
 
प्रश्नः केपी ओलीको भारत भ्रमणले दुई देशबीचको सम्वन्धलाई अझ सुमधुर बनाएको चर्चा छ त?
जवाफः अहिलेसम्मको नेपाली प्रमहरुको भारत भ्रमणमा सबैभन्दा असफल भ्रमण केपी ओलीको हो। खानपान र राजकिय सम्मानले भ्रमण सफल हुँदैन्, ब्यवहारले भ्रमण सफल हुन्छ। एउटा सयुक्त वक्तब्य आउननसकेको कुराले यो स्पष्ट पार्छ। दोस्रो कुरा, ग्राउण्ड रियालीटीमा परिवर्तन नहुँदाखेरि नै देखिन्छ भ्रमण कस्तो थियो भनेर। प्रम गएर फर्किंदाखेरि के परिवर्तन भएको छ त? म त केहि परिवर्तन देख्दिन्। नेपाली जनताहरुले अहिले पनि दुख पाईरहेको छ।
 
प्रश्नः प्रधानमन्त्री ओलीको चीन भ्रमण कति सफल होला?
जवाफः बार्गेनिङ भइरहेको छ। भारतमा पाएको जस्तो सम्मान चाईनामा पनि पाईयोस। गार्ड अफ अनर देओस। गार्ड अफ अनर पाउनु र सम्बन्ध सुमधुर हुनु दुई फरक कुरा हुन्। त्यसकारणले चाईनासँग पनि यो सरकारले राम्रो सम्बन्ध बनाउन सक्छ भन्ने मलाई लाग्दैन्। 
 
प्रश्नः त्यसो भए तपाइहरु काँग्रेसको नेतृत्वमा सरकार बनाउने गृहकार्यमा लाग्नुभयो?
जवाफः भारतसँगको सम्बन्ध मात्र होईन। नेपाली जनताको दुख हटाउनलाई पनि नेपाली काँग्रेसको सरकार बन्नु पर्छ। नेपाली काँग्रेसले मात्र भारतसँगको नेपाल सम्बन्ध राम्रो बनाउन सक्छ। संविधानको कार्यन्वयन र नेपाल भित्रको समस्या हल गर्न नेपाली काँग्रेसमात्र सक्षम छ र नेपाली काँग्रेसको नेतृत्वको सरकारले मात्र यो सबै पुरा गर्न सक्छ। मेरो बुझाई छ नेपाली काँग्रेसले मात्र नेपाल-भारत सम्बन्धलाई सही ढंगले सही रुपमा अगाडी बढाउन सक्छ। पछिल्लो समयमा आएको जुन तिक्तता छ त्यल्लाई सुमधुर बानउन पनि नेपाली काँग्रेसको नेतृत्व आवश्यक छ। 
 
प्रश्नः सरकारको नेतृत्वको लागि गृहकार्य त गर्ने भन्नुभयो गुटहरुको व्यवस्थापन चाहि कसरी हुन्छ?
जवाफः नवनिर्वाचित सभापतिले नै भनिसक्नु भएको छ की हाम्रा आदरणिय नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाजीसँग सल्लाह गरेर मात्र अघि बढ्ने। सबैलाई समेटेर र सबैलाई विश्वासमा लिएर काम गर्नु हुन्छ। उहाँले आफै भन्नु भएको छ। मैले त्यस्मा खासै टिकाटिप्पणी गर्न आवश्यक ठान्दिन।
 
प्रश्नः तपाई पहिला तत्कालिन संस्थापनको मान्छे कसरि अहिले नयाँ समिकरणतिर?
जवाफः एउटा कुरा के भने नी। म हिजोको दिनमा पनि नेपाली काँग्रेस थिए। आजको दिनमा पनि नेपाली काँग्रेस छुँ र भोलिको दिनमा पनि नेपाली काँग्रेस नै रहनेछु। 
नेतृत्वले मलाई विश्वास गरेर जिम्मेवारी दिन्छ र म काम गर्छु। हिजोको दिनमा गिरिजाबाबुले मलाई भुमिका-जिम्मेवारी दिनु भो मैले आफ्नो अटुट आस्था राखेर समर्पित हुँदै पार्टीको काम गरें। कृष्ण प्रसाद सिटौलाजीलाई म आज पनि सम्मान गर्छु। हिजोको दिनमा राम्रो सम्बन्ध थियो र आजको दिनमा पनि सम्बन्ध राम्रो नै छ। अहिले मलाई लाग्यो की शेरबहादुर देउवाजीसँगै काम गरेर पार्टीलाई बलियो बनाउन सकिन्छ। देशको समस्या समाधान गर्न सकिन्छ। त्यस्कै लागि उहाँको पछी लागेको हो। म खासमा नेपाली काँग्रेसको पछि लागेको हो। 
 
प्रश्नः त्यसैले सभापतिमा देउवा र महामन्त्रीमा कोईरालालाई समर्थन गरेको?
जवाफः त्यो त मैले मात्र गरेको होईन पुरै कार्यकर्ताहरुले गरेको हो। कार्यकर्ताहरुको मतदानको परिणाम हो। म एक जनाले गरेर भएको त होईन। प्रमुख कुरो काँग्रेस बलियो हुनपर्छ। बलियो काँग्रेस नै नेपालको भविष्य हो। बलियो काँग्रेसले नै नेपालको समस्याको समाधान गर्न सक्छ। हिजोको दिनमा पनि नेपालका बामपन्थीहरु नेपालको समस्या समाधान गर्न सकेन आजको दिनमा पनि सकिरहेको छैन् र भोलिको दिनाम पनि सक्नै छैन्। नेपालमा समस्या नै बामपन्थिहरुको कारणले भैरहेको छ। 
 
प्रश्नः भनेपछि काँग्रेसको महाधिवेशनपछि कम्युनिष्ट घटकहरु तरङगित भएका छन्?
जवाफः बामपन्थिहरुको नेपाललाई कम्युनिष्ट मुलुक बनाउने सपना पुरा हुन सकेन। उनिहरु काँग्रेस भित्र गुट-उपगुट होस, झगडा होस भन्ने चाहन्छन। एमाले र माओवादीका नेताहरुसँग मेरो नि कुरा भइरहेकोछ। उहाँहरुले जस्तो परिणाम खोज्नु भएको हो त्यस्तो परिणाम आएन। एमाले-माओवादीको उच्च नेतृत्वसँग मेरो कुरा भैरहन्छ, महाधिवेशनको दौरान पनि मेरो कुरो भएको थियो। उहाँहरुको चाहना अनुरुप परिणाम आउन सकेन्। उहाँहरुको चाहना कमजोर-बिभाजित-विवादित काँग्रेस थियो। तीनवटै चाहान पुरा नभएपछि उनिहरु आश्चार्यचकित छन्। यो सरकारले दुईवटा उपप्रम नियुक्त गरेकै छ भारतलाई गाली गर्न। उहाँहरुको कामनै भारतलाई गाली गर्नु हो। हाम्रो पार्टीको धारणा के हो भने हाम्रो छिमेकीसँग राम्रो सम्बन्ध हुन पर्छ। हामी कसैकोलागि प्रयोग हुनुहुँदैन्। हामीले आफ्नो बिकास गर्नु पर्छ। लोकतन्त्रको निर्धारित मापदण्डहरुबाट हाम्रो पार्टी बिचलीत हुन चाहदैन्। 
 
प्रश्नः हिन्दु राष्ट्रको पक्षमा काँग्रेस जान्छ? प्रभावशाली नेता खुमबहादुर खड्का पार्टीलाई त्यता लाने अग्रसर देखिन्छनी?
जवाफः पार्टीले निर्णय नगरेसम्म म कुनै टिका टिप्पणी गर्न चाहान्न। ब्यक्तिले के भन्छ म टिका टिप्पणी गर्न चाहान्न। हिन्दुराष्ट्रको कुरा हुने वित्तिकै यसमा भारत सरकारलाई जोडेर हेरिन्छ। भारत सरकारबाट त्यस्तो कुनै अभिव्यक्ती आएको पनि छैन। छिमेकीले शुभेच्छा मात्र दिन सक्छ। तराईमा कहीं पनि धार्मिक आन्दोलन भएको छैन् र अब हुने आन्दोलनमा पनि धार्मिक एजेण्डा प्रवेश गर्ने संभावना देख्दिन। तर मधेशमा अर्को आन्दोलनको संभावना भने नकार्न सकिन्न। यो सरकारले समस्या समाधान गर्ने भए उहिले गरिसक्थ्यो। अबको मधेश आन्दोलन पनि आफ्नो एजेण्डा स्थापित गर्नका लागि हुने हो। सरकार परिवर्तन जनताको एजेण्डा हुनै सक्दैन्। 
 
प्रश्नः काँग्रेस महाधिवेशनमा भारतीय गुप्तचर संस्था 'रअ' को भुमिकाको पनि चर्चा भयो? कुन रुपमा थियो?
जवाफः त्यो जस्ले भन्यो उसैलाई थाहा होला। कस्ले कहाँ नारा लगायो उस्लाई सोध्नुपर्छ। सावित गर्नु पर्योन को कस्को सम्बन्ध कोसँग छ भनेर नत्र जिम्मेवार ब्यक्तिले यसमा टिका टिप्पणी गर्न मिल्दैन्। मलाई भारतियहरु आएर भोट खसाले भन्ने लाग्दैन। मतदान त नेपाली काँग्रेसका कार्यकर्ताहरुले दिएका हुन्। त्यो आरोप लगाउने कल्चरले नेपाललाई कहि पुर्याएन। हामी त्यो भन्दा बाहिर आउनु पर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ