arrow

५२ तालिबान लडाकू मारिए

logo
प्रकाशित २०७६ वैशाख २२ आइतबार
taleban.jpg

काबुल । अफगानिस्तानमा प्रायः अशान्त भई रहने पूर्वी प्रान्त घाज्नी तालिबान लडाकूविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीको क्रममा कम्तीमा ५२ लडाकू मारिएका छन् ।  स्थानीय दुई नेतासहित  ५२ लडाकू मारिएका रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।   

“अहिले सम्मको विवरण अनुसार ५२ भन्दा बढी आतङ्कवादीहरु मारिएका छन्, अफगानी सेनाको तीन ओटा टोलीले गरेको पछिल्ला सुरक्षा कारबाहीमा उनीहरु मारिएका हुन्,” मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

सेनाले शनिबार विहानैदेखि स्थलगत तथा हवाई कारबाही गरेको उच्च सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।  मारिने स्थानीय दुई नेतामा अबु खालिद र क्युमान्दान सार्हादी रहेको पनि मन्त्रालयद्धारा जारी वक्तव्यमा जनाइएको छ  अफगानिस्तानको राजधानी काबुलदेखि १२५ किलोमिटर टाढा पर्ने त्यस क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूहरुका बीचमा लामो समयदेखि लडाई चल्दै आएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ