arrow

भाजपा उपाध्यक्षको गोली हानी हत्या

logo
प्रकाशित २०७६ वैशाख २२ आइतबार
bjp-logo.jpg


श्रीनगर । अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का  एक जना स्थानीय नेताको हत्या गरेका छन् ।  भारत नियन्त्रित काश्मिरस्थित घरमै रहेका बेला उनिमाथी आक्रमण भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
   
उनीहरुका अनुसार स्थानीय ७० वर्षीय गुलाम मोहम्मद मिरको हत्या भएको हो । उनि अनन्तनाग जिल्लाको भाजपाको उपाध्यक्ष थिए । घटनास्थल काश्मिरको राजधानी श्रीनगरबाट झण्डै ८६ किलोमिटर टाढा पर्दछ ।

“राती अवेर जवरजस्ती घरभित्र पसेका व्यक्तिले मिरमाथी प्रहार गरेको पाईयो,” एक प्रहरी अधिकारीहरुले सिन्ह्वासँग भने ।
आक्रमणपछि सख्त घाइते भएका मिरलाई तत्काल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिएको भएपनि उहाँको बाटोमै मृत्यु भएको बताइएको छ ।

प्रहरीले विद्रोही लडाकूहरु हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरेको छ । यस क्षेत्रमा बेला बेलामा यस्ता हत्याका घटना हुदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ