arrow

इजरायली आक्रमणमा गर्भवती महिला र उनको बच्चा नमारिएको दाबी

logo
प्रकाशित २०७६ वैशाख २२ आइतबार
isreal.jpg

इजरायल । इजरायलको हवाई आक्रमणमा परी गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनि गाजाको अधिकारीहरुले गरेको दाबीको इजरायली सेनाले अस्विकार गरेको छ । हमास समूहले गरेको गोली प्रहारमा उनीहरुको मृत्यु भएको इजरायली सेनाको दाबी रहेको छ  ।
 
आतङ्ककारी संगठनले फैलाएको यो एक प्रचार मात्र भएको इजरायली सैनिक प्रवक्ता रोनेन मनेलिस्ले आफ्नो ट्वीटमार्फत बताएका छन् ।इजरायलले गरेको हवाई आक्रमणमा मारिएका भनिएका यी आमा र छोरीलाई हमास समूहले हतियारको प्रयोगबाट मारिएका रोनेनले बताएका छन् ।

सेनाका प्रवक्ता रोनेन अन्य विस्तृत विवरण भने केही पनि बताएनन् । दुभाग्यबस भएको यस मृत्युको कारण इजरायलको शस्त्रअस्त्र नभइ हमाजले प्रयोग गरेको रकेट र विस्फोटक पदार्थ भएको सेनाका प्रवक्ताले बताएका छन् ।  
 
इजरायलले गरेको हवाइ आक्रमणमा अबु आरार र उनकी १४ महिनाकी छोरीको घरमा नै मृत्यु भएको गाजाका स्वास्थ्य मन्त्री शनिबारले बताएका थिए । प्यालेस्टाइनी आतङ्ककारी समूहले गाजातर्फबाट ४ सय ३० भन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ