arrow

बिमान नदीमा खसेपछि फिजी एयरवेजले बोइङ नउडाउने

logo
प्रकाशित २०७६ वैशाख २२ आइतबार
bonin-7371.jpg

सुभा । दक्षिण प्रशान्त महासागरीय मुलुक फिजीको राष्ट्रिय ध्वजाबाहक फिजी एयरवेजले बोइङ ७३७–८०० बिमानको उडान स्थगित गरेको छ । कम्पनीले गत महिना मियामी एयरबाट उक्त जहाज भाडामा लिएको थियो ।

मियामी एयरले सञ्चालन गरेको यही मोडेलको बिमान अमेरिकाको ज्याक्सनभिल्ले बिमानस्थलमा शुक्रबार राति अवतरण गर्नेक्रममा चिप्लिएर नदीमा झरेपछि फिजी एयरले उक्त निर्णय गरेको जनाएको छ ।

फिजी एयरका एकजना प्रवक्ताले फ्लोरिडाको उक्त घटनाका बारेमा अध्ययन भइरहेको बताएका छन् ।

प्रवक्ताले फ्लोरिडा दुर्घटनाका बारेमा तथ्यहरु बाहिर आएपछि मात्र उडान गर्ने वा नगर्ने निर्णय लिइने पनि बताए । बिमानका यात्रुको सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको पनि ती प्रवक्ताले उल्लेख गरे ।

गत अप्रिलमा फिजी एयरवेजले आफ्ना दुई वटा ७३७ म्याक्स ८ सिरिजका जहाजहरु ग्राउन्डेड भएपछि मियामी एयरसँग बिमान भाडामा लिएको थियो । बोइङको ७३७ म्याक्स सिरिजका बिमानहरुमा समस्या आएपछि हाल विश्वभर यस सिरिजका बिमान उडान रोकिएका छन् ।

१४३ यात्रु बोकेको बिमान नदीमा खस्यो, बच्नेले सुनाए अनुभव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ