arrow

भेनेजुएलामा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त, सात सैनिकको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७६ वैशाख २२ आइतबार
venjualla3.jpg

काराकास। भेनेजुएलाको राजधानी काराकासको बाहिरी इलाकामा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा सात जना सैनिक अधिकृतको मृत्यु भएको राष्ट्रपति निकोलास मदुरोले बताएका छन्। उक्त हेलिकप्टर राजधानी काराकासबाट उत्तर पश्चिमको सान कार्लोसतर्फ उडेको थियो।

राष्ट्रपति मदुरोले ट्वीट गर्दै सात सैनिक अधिकृतको निधनले राष्ट्रलाई नै अपूरणीय क्षति भएको बताए। मारिएका सैनिकहरुमा दुई जना मेजर, तीन जना क्याप्टेन र दुई जना लेफ्टिनेन्ट कर्णेल रहेका छन् । रक्षा मन्त्रालयले उक्त दुर्घटनाका बारेमा छानबिन थालेको छ। राष्ट्रपति मदुरो शनिबार सान कार्लोसमा थिए। पाँच हजारभन्दा बढी सैनिक सहभागी परेडको निरीक्षण गर्न राष्ट्रपति मदुरो यहाँ आएका थिए।

विपक्षी नेता हुँवा गुएइदोको विरुद्धमा शक्ति प्रदर्शन गर्न पनि उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ। गत साता राष्ट्रपति मदुरो विरुद्धको सैनिक विद्रोह पनि बिफल भएको थियो। विपक्षी नेता गुएइदोले सेनालाई राष्ट्रपति मदुरोलाई समर्थन नगर्न निरन्तर आग्रह गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ